images

२०८३ आश्विन २० गते

images
images
images
  • कृषि
  • जेठ १ मा ‘कृषि-खाद्य प्रणाली सुधारका...

जेठ १ मा ‘कृषि-खाद्य प्रणाली सुधारका लागि पानी’ सम्मेलन हुने

जेठ १ मा ‘कृषि-खाद्य प्रणाली सुधारका लागि पानी’ सम्मेलन हुने

images
images
सोमवार, बैशाख २९ २०८२
सोमवार, बैशाख २९ २०८२
  • ‘कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि पानी’ विषयमा जेठ १ गते काठमाडौँमा सम्मेलन हुने भएको छ। जल स्रोत तथा सिँचाइ विभाग, राष्ट्रिय सिँचाइ तथा निकास समिति, अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था र इन्जिनियरिङ अध्ययन संस्थानको संयुक्त आयोजनामा हुने यो सम्मेलनले सिँचाइ र कृषि क्षेत्रको सहकार्यबाट खाद्य प्रणाली सुधारमा पानीको भूमिका पहिचान गर्ने लक्ष्य राखेको छ। 

    images
    images

    साथै, पानी, कृषि उत्पादन र खाद्य सुरक्षालाई जोड्ने नीति तथा अभ्यासमाथि छलफल गरी नेपाल सरकारको कृषि र सिँचाइ रणनीति तथा दिगो विकास लक्ष्य १, २ र ६ सँग समन्वयमा कार्यदिशा तय गर्ने जल स्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक मित्र बरालले बताए।उनले ऊर्जा, जल स्रोत तथा सिँचाइ मन्त्रालय, जल स्रोत तथा सिँचाइ विभाग, जल तथा ऊर्जा आयोग, अनुसन्धान केन्द्र, प्रादेशिक सरकार, अन्तर्राष्ट्रिय विकास साझेदार, निजी क्षेत्र, विज्ञ, किसान, सिँचाइ उपभोक्ता सङ्घ, गैरसरकारी संस्था र नागरिक समाजका प्रतिनिधि सहभागी हुने सम्मेलनमा कार्यपत्र र विशेष प्रवचन प्रस्तुत हुने जानकारी दिए।

    उपमहानिर्देशक बरालले भने, ‘सिँचाइ र कृषिको संयुक्त प्रयासबाट खाद्य सुरक्षाको स्थायित्व र जल स्रोतको प्रभावकारी उपयोगबाट आर्थिक समृद्धि हासिल गर्न आवश्यक रणनीतिमा छलफल हुनेछ। सम्मेलनका निष्कर्षलाई कार्यान्वयनमा लैजान्छौँ।’नेपालको कृषि क्षेत्रले खाद्य सुरक्षा र अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ। यसले ठूलो जनसङ्ख्यालाई रोजगारी दिएको छ र कूल गार्हस्थ उत्पादनमा करिब २५ प्रतिशत योगदान राख्छ। तर, जलवायु परिवर्तन, पानीको अभाव र व्यवस्थापनको कमीले सबै सिँचाइयोग्य भूमिमा वर्षभरि सिँचाइ सुविधा पुर्‍याउन कठिनाइ छ। यसका लागि सिँचाइ प्रणालीको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ।

    images
    images

    सम्मेलनमा ऊर्जा, जल स्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, सचिव सरिता दवाडी, ऊर्जा सचिव सुरेश आचार्य, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा, जल तथा ऊर्जा आयोगका सचिव मधु भेटवाल, राष्ट्रिय योजना आयोगका सदस्य माधव बेलवासे, जल स्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराल, अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थाका महानिर्देशक डा. मार्क स्मिथ र अन्तर्राष्ट्रिय सिँचाइ तथा निकास आयोगका अध्यक्ष मार्को आर्चिएरीले सम्बोधन गर्नेछन्।उपमहानिर्देशक बासु तिमल्सिनाले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले ‘कृषिसँगै आर्थिक वृद्धिमा गुमेका अवसरहरू : क्षेत्रगत एकीकरणका लागि विचार र समायोजन दृष्टिकोण’, अन्तर्राष्ट्रिय सिँचाइ तथा निकास आयोगका अध्यक्ष मार्को आर्चिएरीले ‘कृषि–सिँचाइ एकीकरणका चुनौती र अवसर’ र अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थाका महानिर्देशक डा. मार्क स्मिथले ‘अनुसन्धानद्वारा एकीकृत सिँचाइ र कृषिमा सुधार’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने बताए।

    सम्मेलनको प्राविधिक सत्रमा ‘खाद्य सुरक्षाका लागि सिँचाइ : अभ्यास र चुनौती’ विषयमा छलफल हुनेछ। यो सत्र नवीनचन्द्र अधिकारीले सञ्चालन गर्नेछन्। विज्ञ टीकाराम बराल, डा. मनोहरा खड्का, डा. विमला पौड्याल, डा. रामकृष्ण श्रेष्ठ, सुशील आचार्य, अन्तर्राष्ट्रिय सिँचाइ तथा निकास आयोगका उपाध्यक्ष डा. वाई. रेड्डी र नेपालस्थित एसियाली विकास बैङ्कका देशीय निर्देशक डा. अर्नाउड कोउकोइसले सहभागिता जनाउनेछन्।यस्तै, ‘कृषि र सिँचाइबीच सहकार्यका सम्भावित बाटाहरू’ विषयको प्राविधिक सत्र डा. सन्तोष कैनीले सञ्चालन गर्नेछन्। यो सत्रमा प्रा. डा. विष्णुप्रसाद पाण्डेले सहजीकरण गर्नेछन् भने सञ्जीव बराल, डा. शवनम शिवाकोटी, डा. गणेशराज शर्मा, डा. मोहसिन हफिज र डा. अर्नो कौशोईले आफ्ना धारणा राख्नेछन्। रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend