युद्ध तनाव व्यवस्थापनका लागि भारत र पाकिस्तानबीच आज वार्ता हुँदै छ । दुई हप्ताअघि जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच युद्ध शुरू भएको थियो ।अस्ति शनिवार मात्रै पूर्णतहको युद्धविराम घोषणा भएको थियो । आपसी वार्ताबाट विवाद समाधान गर्ने उद्देश्यसहित युद्धविराम गरेका दुई देशबीच पूर्व निर्धारित तालिका अनुसार आज वार्ता हुन लागेको हो ।
आज दिउँसो दुई देशका सैन्य उच्चधिकारीसहितको वार्ता तय भएको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ ।वार्ताको नेतृत्व भारतका सैन्य अपरेशन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेशन महानिर्देशकले गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।भारत–पाकिस्तानबीच लामो समयदेखि जम्मू–कश्मीर क्षेत्रको स्वामित्वलाई लिएर विवाद हुँदै आएको छ । वार्तामार्फत विवाद समाधान हुने विश्वास लिइएको छ ।
पछिल्लो पटक दुईदेशबीच सैन्य कारही हुन थालेपछि छिमेकी राष्ट्र नेपाल र चीनसहित अमेरिका लगायत युरोपियन देशहरुले विवादका विषयमा वार्ता गरेर अघि बढ्न दुवै देशलाई अपिल गरेका थिए ।अमेरिकाले दुई देशबीच तत्काल युद्धविरामसहित विवादको विषय वार्तामार्फत सुल्झाउन सुझाव दिँदै युद्धविरामका लागि पहल गरेको थियो ।अमेरिकाले दुई देशबीच वार्ताका माध्यमले कुरा नटुङ्गिए आफू मध्यस्थता गर्न तयार रहेको पनि बताएको थियो ।




.gif)





