images

२०८३ कार्तिक ७ गते

images
images
images
  • शेयर
  • एचआईडीसीएलले डेढ करोड बढी कित्ता शेयर...

एचआईडीसीएलले डेढ करोड बढी कित्ता शेयर बिक्री गर्दै

एचआईडीसीएलले डेढ करोड बढी कित्ता शेयर बिक्री गर्दै

images
images
मंगलवार, श्रावण २२ २०८१
मंगलवार, श्रावण २२ २०८१
  • काठमाडौँ । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले साउन २९ गतेदेखि डेढ करोड भन्दा बढी कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले अवितरित हकप्रद शेयरमध्ये लिलाम बढाबढ प्रक्रियाबाट बिक्री नभई बाँकी रहेको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर बिक्री गर्न लागेको हो ।

    images
    images

    उक्त शेयर खरीदका लागि जोकोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् । सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्दा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ ।

    शेयर खरीद गर्न इच्छुकले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका साथै ग्लोबल आइएमई बैंकको शंखमुल–नयाँबानेश्वर, विर्तामोड, हनुमानदास रोड, जनकपुरधाम, आदर्शनगर, हेटौंडा, नारायणगढ, न्यूरोड–पोखरा, मिलनचोक, बाग्लुङ्ग बजार, त्रिभुवन चोक, विरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमा भदौ ६ गते कार्यालय समयभित्र आवेदन पेश गर्नु पर्नेछ । आवेदन फाराम पनि सोही स्थानमा पाइँनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend