images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६...

विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब पुग्यो, १७ महिनाको आयात धान्ने

विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब पुग्यो, १७ महिनाको आयात धान्ने

images
images
आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • काठमाडौं । नेपालका बैंकिङ क्षेत्रसँग १७.१ महिनाको वस्तु आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, १७.१ महिनाको वस्तु आयात र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति छ ।

    images
    images

    कुल विदेशी मुद्रा सञ्चिति १८.९ प्रतिशतले बढेर ०८१ चैत मसान्तसम्म २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । ०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ सञ्चिति थियो ।

    कुल विदेशी मुद्रा सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग २१ खर्ब ३६ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । जुन १५.६ प्रतिशतले बढेको हो । नेपाल राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थासँग दुई खर्ब ९० अर्ब ३८ करोड रुपैयाँ छ । जुन ५०.८ प्रतिशतले बढेको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend