images

२०८३ आश्विन १६ गते

images
images
images
  • विमा
  • पिपुल्स पावरको नाफा ३६ प्रतिशतले घट्यो,...

पिपुल्स पावरको नाफा ३६ प्रतिशतले घट्यो, कस्ता छन अन्य मुख्य सूचकहरु ?

पिपुल्स पावरको नाफा ३६ प्रतिशतले घट्यो, कस्ता छन अन्य मुख्य सूचकहरु ?

images
images
आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • काठमाडौं । पिपुल्स पावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। यस अवधिमा कम्पनीले ७८ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो वर्षको तुलनामा ३६.७६ प्रतिशतले कम हो। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    images
    images

    यस अवधिमा को विद्युत बिक्री आम्दानी ८ करोड १४ लाखबाट १४.४८ प्रतिशतले घटेर ६ करोड ९६ लाख रुपैयाँमा पुगेको छ। यता, वित्तीय खर्च २ करोड ९६ लाखबाट घटेर २ करोड २ लाख रुपैयाँमा झरेको छ। आम्दानी घट्दा कम्पनीको नाफामा दबाब परेको हो।

    ६३ करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस जलविद्युत कम्पनीको जगेडा कोषमा १ करोड २५ लाख रुपैयाँ ऋणात्मक रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १ रुपैयाँ २३ पैसा र प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ २ पैसा छ।कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी पनि गरिरहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend