images

२०८३ आश्विन २० गते

images
images
images

भारत र पाकिस्तानबिच युद्धविराममा सहमति

भारत र पाकिस्तानबिच युद्धविराममा सहमति

images
images
आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • काठमाडौंः भारत र पाकिस्तानले एक अर्काविरूद्धको आक्रमण रोक्न सहमति गरेसँगै संभावित गठिन दुर्घटनाहरु अहिले तत्कालका लागि टरेका छन् । यी दुई देशले शनिबार साँझ ५ बजेदेखि लागु हुनेगरी युद्धविराममा सहमति गरेको भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको छ ।

    images
    images

    दुई देशबीच जमिन, आकाश र समुद्र तीनै ठाउँबाट एक अर्कालाई आक्रमण नगर्ने भन्ने सहमति भएपछि दुबै देशका जनतामा मात्रै होइन अन्य छिमेकी मुलुकहरुमा पनि खुशीयाली छाएको छ । पाकिस्तानी सेनाका वरिष्ठ अधिकारीले भारतीय सेनाका वरिष्ठ अधिकारीलाई टेलिफोन गरेसँगै तत्कालका लागि युद्ध रोकिएको हो ।

    भारतका विदेश सचिव मिस्रीले पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ) ले आज दिउँसो भारतीय समकक्षी सँग फोनवार्ता गरेका र पूर्ण युद्धविरामको सहमति भएको पुष्टि गर्नुभएको छ । उहाँले विज्ञप्तिमा भन्नुभएको छण् ‘दुवै पक्षबीच आज साँझ भारतीय समय अनुसार १७ः०० बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको छ ।’

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend