images

२०८३ कार्तिक ६ गते

images
images
images

एक बर्षमा कुन वाणिज्य बैंकहरुले कति नाफा कमाए ?

एक बर्षमा कुन वाणिज्य बैंकहरुले कति नाफा कमाए ?

images
images
मंगलवार, श्रावण २२ २०८१
मंगलवार, श्रावण २२ २०८१
  • काठमाडौँ । हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १३.४० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा बैंकहरुले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

    images
    images

    यसअवधिमा सबैभन्दा बढी नाफा आर्जन गर्नेमा नबिल बैंक अग्र स्थानमा रहेको छ । गत आर्थिक वर्षमा बैंकले ७ अर्ब ६ करोड ३३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा उक्त नाफा १०.२३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ६ अर्ब ६९ करोड ४३ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

    गत आर्थिक वर्षको १२ महिनामा नाफा सर्वोधिक नाफा बढाउने कम्पनीमा प्रभु बैक एक नम्बरमा रहेको छ । बैंकको नाफा १४९९.०४ प्रतिशतले बढेर ४ अर्ब ४८ करोड ८ लाख १० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्ममा बैंकको नाफा २८ करोड २ लाख १९ हजार रुपैयाँ रहेको थियो ।

    images
    images

    समिक्षा अवधिमा ग्लोबल आइएमई बैंक सर्वाधिक नाफा हुने बैंकको सूचीमा दोस्रो नम्बरमा रहेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ अर्ब १ अर्ब ६२ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ६ अर्ब ६९ करोड रहेको थियो ।

    त्यस्तै, सबैभन्दा नाफा धेरै हुने बैंकको सूचीमा तेस्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ३९.७१ प्रतिशतले बढेर ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ, चौथो नम्बरमा रहेको प्राइम कर्मसियल बैकको २६७.१९ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड रुपैयाँ, पाँचौ नम्बरमा रहेको एभरेष्ट बैंकको १०.०७ प्रतिशतले बढेर ३ अर्ब ७० करोड रुपैयाँ र छैटो नम्बरमा रहेको कृषि विकास बैंकको १७६.२३ प्रतिशतले बढेर ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

    गत आर्थिक बर्षमा बैंकको नाफा

    1.jpg

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend