images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • नामी र सेरेसले ल्याए ‘प्रि-बजेट ब्यास’...

नामी र सेरेसले ल्याए ‘प्रि-बजेट ब्यास’ अफर, ईभीमा २ लाखसम्म छुट

नामी र सेरेसले ल्याए ‘प्रि-बजेट ब्यास’ अफर, ईभीमा २ लाखसम्म छुट

images
images
शुक्रवार, बैशाख १९ २०८२
शुक्रवार, बैशाख १९ २०८२
  • काठमाडौँ । विद्युतीय सवारी ब्रान्ड नामी र सेरेसले नेपाली बजारमा ‘प्रि-बजेट ब्यास’ अफर सुरु गरेका छन् । आगामी ५ मेसम्म चल्ने यो अफरमा ग्राहकले नामी ईभी पाँच लाख ९९ हजार रुपैयाँमा र सेरेस गाडी आठ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा किन्न सक्नेछन् । साथै, नामीमा एक लाख रुपैयाँ र सेरेसमा दुई लाख रुपैयाँसम्मको थप छुट र लाभ समेत उपलब्ध गराइएको छ । दुई कार्य दिनभित्र गाडी डेलिभरी गर्ने व्यवस्था गरिएको अफरमा टेस्ट ड्राइभ गर्ने सबैले उपहार पाउने भएका छन् । 

    images
    images

    कम्पनीका अनुसार गाडी बुक गर्ने जोडीले रोमाञ्चक ‘नाइट स्टे प्याकेज’ समेत प्राप्त गर्नेछन् । साथै बुकिङ गर्ने ग्राहकहरूमध्ये एक भाग्यशाली जोडीलाई थाइल्यान्ड ट्रिप र एकजना टेस्ट ड्राइभ गर्ने सहभागीलाई आईफोन १६ प्रो म्याक्स जित्ने अवसर दिइएको छ । 

    पर्यावरणमैत्री विद्युतीय सवारीप्रति आकर्षण बढाउन र नयाँ ग्राहकलाई सजिलोसँग इलेक्ट्रिकमा ट्रान्जिसन गर्न प्रेरित गर्ने उद्देश्यले अफर ल्याइएको कम्पनीले जनाएको छ । इच्छुक ग्राहकले नामी वा सेरेस शोरुममा पुगी यो अफरमा भाग लिन सक्नेछन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend