images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • सानिमा रिलायन्स इन्स्योरेन्स लगातार दोस्रो पटक...

सानिमा रिलायन्स इन्स्योरेन्स लगातार दोस्रो पटक ‘सी स्ट्राइक्स’ च्याम्पियन

सानिमा रिलायन्स इन्स्योरेन्स लगातार दोस्रो पटक ‘सी स्ट्राइक्स’ च्याम्पियन

images
images
अर्थ समाचार
बुधवार, बैशाख १७ २०८२
अर्थ समाचार
बुधवार, बैशाख १७ २०८२
  • काठमाडौँ  ।सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले तेस्रो संस्करणको ‘सी स्ट्राइक्स–कर्पोरेट महिला क्रिकेट’ प्रतियोगिताको उपाधि जितेको छ । शनिबार खेलिएको फाइनलमा कम्पनीले सूर्य नेपाललाई २८ रनले पराजित गरेको हो ।
     
    मुलकोटस्थित एक रिसोर्टमा पहिले ब्याटिङ गरेको सानिमा रिलायन्सले निर्धारित ५ ओभरमा ४ विकेट गुमाएर ६० रनको योगफल तयार पारेको थियो ।

    images
    images

    जवाफी ब्याटिङमा उत्रिएको सूर्य नेपालले पूरै पाँच ओभर खेलेर एक विकेटको क्षतिमा जम्मा ३२ रन जोड्न सक्यो । सानिमा रिलायन्सलाई लगातार दोस्रो पटक कर्पोरेट महिला क्रिकेटको उपाधि जिताउन कप्तान स्वस्तिका कार्कीको योगदान निकै नै महत्त्वपूर्ण रह्यो ।

    सूर्य नेपाल विरुद्धको फाइनल खेलमा प्लेयर अफ दि म्याच घोषित कार्कीले प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड पनि प्राप्त गरिन् । सनसनीपूर्ण प्रदर्शन गरेकी कार्कीले प्रतियोगिताभर कुल तीन पटक प्लेयर अफ दि म्याच अवार्ड प्राप्त गरिन् । 

    images
    images

    यस्तै, सानिमा रिलायन्सकी रक्षा रानाले पनि एक खेलमा प्लेयर अफ दि म्याच पुरस्कार प्राप्त गरिन् । प्रतियोगिताभरि सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी पनि सानिमा रिलायन्सकै कप्तान स्वस्तिका कार्की बनिन् ।

    एन इभेन्टस्को आयोजना रहेको प्रतियोगिता वैशाख १२ देखि १३ गतेसम्म चलेको थियो। प्रतियोगितामा कुल ९ टिम सहभागी थिए भने प्रति पारी पाँच ओभर खेलाइएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend