images

२०८३ आश्विन २० गते

images
images
images

तनहुँको श्याम्घामा ५० रोपनीमा अदुवाखेती

तनहुँको श्याम्घामा ५० रोपनीमा अदुवाखेती

images
images
अर्थ समाचार
बुधवार, बैशाख १७ २०८२
अर्थ समाचार
बुधवार, बैशाख १७ २०८२
  • तनहुँ- एकसय ३६औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले पचास रोपनीमा अदुवाखेती प्रारम्भ गरेको छ। यसको आरम्भ पार्टी केन्द्रीय  सदस्य आशा कोइरालाले गरेकी हुन्।

    images
    images

    जिल्लाको व्यास नगरपालिका-६ श्याम्घामा ५० रोपनी जग्गामा अदुवाखेती थालिएको हो। उत्पादित अदुवा बिक्रीबाट प्राप्त हुने रकम महासंघमा आबद्ध सदस्यका परिवारको जीविकोपार्जनमा उपयोग गरिने जनाइएको छ।

    अखिल नेपाल ट्रेड महासंघका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहसचिव सूर्यभक्त पौडेलका अनुसार मंगलबार २० जना संगठनका पदाधिकारी सहभागी भएर आधुनिक विधिबाट अदुवा रोपिएको हो। पहिलो चरणमा एकसय धार्नी अदुवा रोपिएको छ भने यसवर्ष पाँचसय धार्नी बीउ रोप्ने लक्ष्य छ। 

    images
    images

    बाँदरले नोक्सान नगर्ने, धेरै लगानी र परिश्रम गर्न नपर्ने  भएकाले अदुवाखेतीलाई प्राथामिकता दिइएको महासंघ तनहुँका अध्यक्ष वीरबहादुर थापाले बताए। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend