images

२०८३ आश्विन २० गते

images
images
images
  • अर्थतन्त्र
  • साउनदेखि चैत मसान्तसम्म गाईघाट यातायात कार्यालयको...

साउनदेखि चैत मसान्तसम्म गाईघाट यातायात कार्यालयको राजस्व पौने ९ करोड

साउनदेखि चैत मसान्तसम्म गाईघाट यातायात कार्यालयको राजस्व पौने ९ करोड

images
images
बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • गाईघाट यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ८ करोड ७६ लाख २१ हजार २१७ रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले चार शीर्षकमा राजस्व उठाउँछ। सबैभन्दा धेरै सवारी साधन करबाट ६ करोड ९६ लाख ८७ हजार ४९० रुपैयाँ संकलन भएको कार्यालय प्रमुख गोपाल दाहालले बताए। चैतमा मात्रै यस शीर्षकबाट १ करोड ६८ लाख २६ हजार १२५ रुपैयाँ उठेको उनले जानकारी दिए।

    images
    images

    दोस्रो ठूलो राजस्व चालक अनुमतिपत्र र सवारी दर्ता किताब सम्बन्धी सेवाबाट १ करोड ५१ लाख ४५ हजार ६६५ रुपैयाँ संकलन भएको छ। चैतमा यो शीर्षकबाट २६ लाख ३८ हजार ९५० रुपैयाँ जम्मा भएको दाहालले बताए। अन्य दुई शीर्षकमा यातायात क्षेत्रको आम्दानीबाट ९ महिनामा २६ लाख ९१ हजार ३७३ रुपैयाँ र चैतमा ३ लाख ४१ हजार ९० रुपैयाँ संकलन भएको छ। व्यवसाय रजिस्ट्रेसन दस्तुरबाट चैतमा १३ हजार ७०० सहित ९ महिनामा १ लाख २ हजार ५० रुपैयाँ राजस्व प्राप्त भएको छ।  

    सूचना अधिकारी गोविन्द तिम्सिनाले यो वर्षको राजस्व गत आर्थिक वर्ष २०८०–०८१ को १० करोड ८० लाख ९२ हजार ९८० रुपैयाँभन्दा बढी हुने अनुमान गरे। ९ महिनामै पौने ९ करोड नाघिसकेकाले गत वर्षभन्दा बढी राजस्व संकलन हुने उनको भनाइ छ। आर्थिक वर्षको अन्तिम ढाई महिनामा कामको चाप बढ्ने प्रचलनले पनि राजस्व वृद्धिको अपेक्षा कार्यालयले गरेको छ।  

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend