images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • आतंकवादविरुद्ध लड्न देशका तीनै सेनालाई स्वतन्त्रताः...

आतंकवादविरुद्ध लड्न देशका तीनै सेनालाई स्वतन्त्रताः प्रधानमन्त्री नरेन्द्र मोदी

आतंकवादविरुद्ध लड्न देशका तीनै सेनालाई स्वतन्त्रताः प्रधानमन्त्री नरेन्द्र मोदी

images
images
बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार आतंकवादविरुद्ध लड्न देशका तीनै सेनालाई स्वतन्त्रता दिएका छन्।

    images
    images

    समाचार एजेन्सी पीटीआईका अनुसार प्रधानमन्त्री मोदीले भने, आतंकवादलाई उचित प्रहार गर्नु हाम्रो राष्ट्रिय संकल्प हो। हामीलाई भारतीय सशस्त्र बलको व्यावसायिक क्षमतामा पूर्ण विश्वास छ। आतंकवादविरुद्ध कारबाहीका विधि, लक्ष्य र समय सेनाले तय गर्नुपर्छ।

    प्रधानमन्त्री मोदीले मंगलबार तीन सेनाका प्रमुख, एनएसए अजित डोभाल, सीडीएस अनिल चौहानसँगको उच्चस्तरीय बैठकमा यो कुरा बताएका हुन्। बैठक डेढ घण्टाभन्दा बढी समय चलेको उल्लेख थियो।

    images
    images

    स्रोतका अनुसार बैठकको आधा घण्टापछि गृहमन्त्री अमित शाह र आरएसएस प्रमुख मोहन भागवत प्रधानमन्त्री निवास पुगेका थिए।

    अप्रिल २२ मा पहलगामको बैसरन उपत्यकामा भएको आतंकवादी हमलामा २६ पर्यटकको मृत्यु भएको थियो। जबकि १० जनाभन्दा बढी घाइते भएका पनि छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend