images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • यारी भन्सार कार्यालय चार महिनापछि ...

यारी भन्सार कार्यालय चार महिनापछि पुन: सञ्चालनमा

यारी भन्सार कार्यालय चार महिनापछि पुन: सञ्चालनमा

images
images
सोमवार, बैशाख १५ २०८२
सोमवार, बैशाख १५ २०८२
  • काठमाडौं । हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको छ । अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो । कार्यालय प्रमुख रामराज जैसी पुनः हिल्सामा पुगेपछि सेवा शुरू भएको हो । 

    images
    images

    'तत्कालीन समयमा उक्त क्षेत्रमा हिउँ जम्न थालेपछि विभागलाई जानकारी गराएरै कार्यालय बन्द गरिएको थियो, कार्यालय आइतबारदेखि फेरि सञ्चालनमा आएको छ,' कार्यालय प्रमुख जैसीले भने ।सदरमुकामबाट यारी नाका भन्सार कार्यालय जान नारा लेख काटेर जानुपर्ने हुन्छ । हिमपात हुने समयमा उक्त सडकखण्ड पूर्ण रूपमा बन्द हुन्छ । 

    नारा लेकमा जमेका हिउँ हिल्सा सिमकोट सडक योजनाले पन्छ्याउन थालेकोले यातायात सेवा पनि चाँडै सञ्चालनमा आउने अपेक्षा गरिएको छ । यातायात सेवा सञ्चालनमा आए ताक्लाकोटबाट पनि सामान आयात पुनः शुरू हुनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend