images

२०८३ आश्विन २० गते

images
images
images

वाणिज्य बैंकले सरकारलाई १९ अर्ब आयकर बुझाए

वाणिज्य बैंकले सरकारलाई १९ अर्ब आयकर बुझाए

images
images
शुक्रवार, बैशाख १२ २०८२
शुक्रवार, बैशाख १२ २०८२
  • काठमाडौंः वाणिज्य बैंकहरुले सरकारलाई १९ अर्ब बढी आयकर बुझाएका छन् । 

    images
    images

    बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले अनुसार ९ महिनामा १९ अर्ब १५ करोड ५ लाख रुपैयाँ बराबरको आयकर सरकारलाई बुझाएका हुन।

    गत आर्थिक वर्षको तुलनामा ९.९४ प्रतिशत बढी हो भने गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले १७ अर्ब ४१ करोड ९१ लाख ३१ हजार रुपैयाँ बुझाएका थिए । बैंक तथा वित्तीय संस्थाहरुले आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्ने पर्छ भने कर पछिको नाफामा १० प्रतिशत कर्मचारी बोनस छुट्याउने ३० प्रतिशत आयकर सरकारलाई बुझाउनु पर्ने नियम रहेको उल्लेख छ ।

    images
    images

    ८ बैंकको आयकर घटेको छ भने बाँकी  रहेका १२ बैंकले भने आयकर बढाएका छन् । नबिल बैंक सहित ७ बैंकले अर्ब माथिको कर बुझाएका छन् ।

    ग्लोबल आइएमई बैंकले १ अर्ब ८१ करोड १० लाख , नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ९५ करोड ८५ लाख,  प्रभूले १ अर्ब ५८ करोड १८ लाख, नेपाल बैंकले १ अर्ब ५३ करोड १९ लाख, एनएमबि बैंकले १ अर्ब ५ करोड ५९ लाख, सिद्धार्थले ७२ करोड २० लाख, नेपाल एसबिआईले ६० करोड १५ लाख, सानिमाले ५९ करोड ७२ लाख र राष्ट्रिय वाणिज्यले ५१ करोड ६१ लाख र एभरेष्ट बैंकले १ अर्ब ६२ करोड ४७ लाख रुपैयाँ कर तिरेको छ ।   

    कृषि विकासले ७५ करोड ५३ लाख, लक्ष्मी सनराइजले ७४ करोड ७३ लाख, यता, स्ट्याण्डर्ड चार्टर्डले ९९ करोड ५२ लाख, प्राइमले ९६ करोड ४४ लाख र प्रभूले १ अर्ब ५८ करोड १८ लाख रुपैयाँ कर तिरेको छ । हिमालयनले २१ करोड ३२ लाख, माछापुच्छ्रेले ४७ करोड २५ लाख, कुमारीले ४६ करोड ७५ लाख, सिटिजनले ३८करोड ६७ लाख र एनआइसी एशियाले ६ करोड ७८ लाख रुपैयाँ कर तिरेको उल्लेख छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend