काठमाडौंः सगरमाथा लुम्बिनी इन्सुरेन्सको वैशाख २८ गते वार्षिक साधारण सभा बस्ने भएको उल्लेख छ । सभा रानीमहल बैंक्वेट प्रालि, ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । साधारण सभाले १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गर्नेछ ।
सभामा कम्पनीको आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि उल्लेख छ ।
सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख १७ गते बुक क्लोज गर्ने भएको छ । साधारण सभामा भाग लिन वैशाख १६ गतेसम्म सेयरधनी कायम हुनु पर्ने उल्लेख छ ।




.gif)





