images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • एसयूभी ‘नामी ०६’ सार्वजनिक, २०२५ भित्रै...

एसयूभी ‘नामी ०६’ सार्वजनिक, २०२५ भित्रै नेपाल आउने

एसयूभी ‘नामी ०६’ सार्वजनिक, २०२५ भित्रै नेपाल आउने

images
images
बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी डोङफेङको इलेक्ट्रीक ब्राण्ड नामीले नयाँ कम्प्याक्ट एसयूभी ‘नामी ०६’ सर्वाजनिक गरेको छ ।कम्पनीले चीनमा सुरू भएको सांघाई अटो शो २०२५ मा नामी ०६ सार्वजनिक गरेको हो ।नामी ०६ डोङफेङको क्वान्टम इलेक्ट्रीक आर्किटेक्चर नं ३ प्लेटफर्ममा बनेको हो । यो ईभी चिनियाँ बजारमा सन् २०२५ कै दोस्रो त्रैमास भित्रै बिक्री सुरू हुनेछ । डोङफेङले नामी ०६ एकैपटक लेफ्ट ह्याण्ड र राइट ह्याण्ड ड्राइभमा लन्च गर्नेछ ।

    images
    images

    यो ईभी सन् २०२५ भित्रै नेपालमा आउने पनि पक्का भईसकेको छ । नेपालका लागि डोङफेङको नामी ब्राण्डको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले नामी ०६ आगामी भदौमा आयोजना हुने नाडा अटो शोमा शोकेश गर्नेछ ।

    नामी ०६ एसयूभीको लम्बाइ ४३०६ एमएम, चौडाइ १८६८ एमएम, उचाइ १६४५ एमएम तथा २७१५ एमएमको ह्वीलबेस रहेको छ । यसको क्याबिनमा ठूलो साइजको फ्लोटिङ सेन्टर स्क्रीन, स्लिम डिजीटल क्लस्टर, ड्युल स्पोक स्टेरिङ ह्वील, कोलुम माउण्टेड गियर सेलेक्टर जस्ता फिचर छन् । यो ईभीमा पानारोमिक सनरुफ, ५० वाटको वायरलेस चार्जर, १२८ कलरको एम्बियन्ट लाइट तथा फ्रन्ट सेन्टर आर्मरेस्टमा हिडन कप होल्डर दिएको छ ।डोङफेङको नामी ०६ को अप्रोच र डिपार्चर एंगल २३ र ३० डिग्रीको रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend