images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • नेपालमा ग्यालेक्सी ट्याब ए१० एफई ...

नेपालमा ग्यालेक्सी ट्याब ए१० एफई सार्वजनिक, के के छन् सुविधा ?

नेपालमा ग्यालेक्सी ट्याब ए१० एफई सार्वजनिक, के के छन् सुविधा ?

images
images
आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • काठमाडौं । सामसङ नेपालले आफ्नो नयाँ ट्याब्लेट ग्यालेक्सी ट्याब ए१० एफई सार्वजनिक गरेको छ । ग्यालेक्सी इकोसिस्टममा नयाँ प्रयोगकर्ता अनुभवहरू प्रदान गर्दै प्रिमियम ट्याब्लेट डिजाईन ल्याएको छ । यो ट्याब्लेट ग्यालेक्सी ट्याब ए१० एफई सिरिजको अहिलेसम्मकै ठूलो स्क्रिन र झनै पातलो बेजलहरू सहित आएको छ, जसले भिडियो हेर्न, पढ्न र दैनिक कामहरू गर्न रमाइलो र इमर्सिभ अनुभव दिने कम्पनीको भनाइ छ । 

    images
    images

    यसमा सामसङका इन्टेलिजेन्ट फिचरहरू सर्कल टु सर्च, नोट असिस्ट, अब्जेक्ट इरेजर आदि प्रयोगकर्तालाई सजिलै बहुकार्य गर्ने र सिर्जनात्मक हुन सघाउने बताइएको छ । साथै, यो ट्याब आईपी ६८ डस्ट र वाटर रेसिस्टेन्स समेत रहेको छ । सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले यसले प्रयोगकर्तालाई अझ बढी गर्न, सिर्जना गर्न र नयाँ कुरा पत्ता लगाउन प्रेरणा दिने जानकारी दिए । १०.९ इन्चको स्क्रिन र ९० हर्ज रिफ्रेस रेटसहित, ग्यालेक्सी ट्याब एस१० एफईले भिडियो हेर्न र खेल खेल्न स्मूथ अनुभव दिन्छ । 

    ८०० निट्स सम्मको उज्यालो क्षमतासहितको एचबीएम स्क्रिन र भिजन बुस्टरले बाहिरी वातावरणमा पनि राम्रो दृश्यता सुनिश्चित गर्छ । ग्यालेक्सी ट्याब एस१० एफई पढाइ, कार्यालय वा मनोरञ्जन सबैका लागि उपयुक्त भएको सामसङको दावी छ ।अपग्रेड गरिएको प्रोसेसरले धेरै एपहरूबीच सजिलै स्विच गर्न सकिन्छ। १३ मेगापिक्सेलको उच्च गुणस्तरको क्यामेराले तपाईंका क्षणहरू अझ प्रस्ट र जीवन्त बनाउँछ । अघिल्लो संस्करणभन्दा ४ प्रतिशत हल्का भएको यो ट्याब अझ सजिलै बोक्न मिल्ने छ ।

    images
    images

    साथसाथै, आईपी ६८ रेटिङसहितको यो ट्याब वातावरणीय असरहरू सहन सक्ने खालको बनाइएको छ । यो ट्याब लुमाफ्युजन, गुडनोट्स, क्लिप स्टुडियो पेन्ट, नोटसेल्फ ३, स्केचबुक, पिक्सआर्ट जस्ता सिर्जनात्मक एप्ससहित आउँछ, जसले तपाईंको कल्पनालाई क्यानभासमा उतार्न सहयोग गर्नेछ ।यस ट्याबले अन्य सामसङ उपकरणहरूसँग सजिलै जडान भएर होम इन्साइट विजेट र त्रि-आयामिक नक्सा हेर्ने फिचरमार्फत स्मार्ट उपकरणहरूको स्थिति हेर्न मिल्ने छ ।

    ग्यालेक्सी ट्याब एस१० एफई मा सामसङको नक्स सुरक्षा प्रणाली रहेको छ, जुन बहु-स्तरीय सुरक्षा प्रणाली हो । हार्डवेयर तहदेखि नै डाटालाई सुरक्षित राख्ने, तत्कालै खतराको पहिचान गर्ने र सहयोगी सुरक्षा प्रदान गर्ने यो प्रणालीले तपाईंको व्यक्तिगत जानकारीको सुरक्षा सुनिश्चित गर्नेछ । ग्यालेक्सी ट्याब एस१० एफई नेपालभरका सामसङका आधिकारिक स्टोरहरूमा ग्रे र सिल्भर रंगहरूमा उपलब्ध छ । ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको ग्यालेक्सी ट्याब एस१० एफईको मूल्य ७४ हजार ९९९ रूपैयाँ तोकिएको छ । 

    सामसङ इन्स्टाफाइनान्सको माध्यमबाट ०% ब्याजमा ३ हजार ७५० रूपैयाँबाट मासिक किस्ताबन्दीमा ट्याब किन्न सकिन्छ । साथै, सबकोफोन र अर्कोस्टोर मार्फत आफ्नो पुरानो मोबाइल वा ट्याब साटेर नयाँ ग्यालेक्सी ट्याब एस१० एफई पाउन सकिन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend