images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • चीनबाट सात अर्बभन्दा बढीको विद्युतीय गाडी...

चीनबाट सात अर्बभन्दा बढीको विद्युतीय गाडी आयात

चीनबाट सात अर्बभन्दा बढीको विद्युतीय गाडी आयात

images
images
शनिवार, बैशाख ६ २०८२
शनिवार, बैशाख ६ २०८२
  • सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको चैत मसान्तसम्म चीनबाट तातोपानी नाकामा सात अर्ब पाँच करोड ८५ लाख मूल्य बराबरको विद्युतीय गाडी आयात भएको छ । अर्थात् दुई हजार सात सय २४ वटा विद्युतीय सवारीसाधन चीनको खासा हुँदै तातोपानी नाका आयात भएको छ ।ती मध्ये सात सय वटा अहिले तातोपानी भन्सार यार्डमा छन् । तिनीहरू जाँच पासका लागि यार्डमा रहेका छन् । अरू सबै जाँच पास भएर राजधानी पुगिसकेका छन् । यार्डमा रहेका सात सय विद्युतीय गाडीको वैशाख महिनाभित्र जाँच पास भएर राजधानी प्रवेश गर्नेछन् । 

    images
    images

    २७ सय २४ वटा विद्युतीय सवारीसाधनबाट तीन अर्ब ७५ करोड ६३ लाख राजस्व सङ्कलन भएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिनुभयो । विगतका बर्सभन्दा यस वर्ष उच्च दरमा विद्युतीय गाडीहरू आयात भएकाले राज्यलाई राम्रो राजश्व सकंलन भएको उहाँले बताउनुभयो ।चालु आवमा चीनबाट तातोपानी नाकामा ठुलो विद्युतीय बस एक वटा, ११ देखि १४ सिट भएका माइक्रो बस २८० वटा, १५ देखि २५ सिट भएका मिनिबस २४८ वटा, ५० किलोवाटका कार, जिप र भ्यान ३७० वटा, एक सय किलोवाटका एक हजार ५४४ वटा, दुई सय किलोवाटका दुई सय २९ वटा, तीन सय किलोवाटका दुई, तीन सय किलोवाट भन्दा माथिका एक र फोरह्वील विद्युतीय कार ४१ वटा आयात भएको भन्सार कार्यालयले जनाएको छ । 

    ओमोडा, डिपाल, लिपमोटर, जेक्रा, एमजी, फोटोन र डिएफएसके ब्रान्डका चिनियाँ विद्युतीय गाडीहरू नाका हुँदै राजधानी पुगेका छन् । जसमध्ये सात सय वटा गाडीहरू वैशाखभित्र जाँच पास भई तिनीहरू पनि राजधानी पुग्नेछन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend