images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • हकप्रद सेयर निष्कासनबारे गार्डियनले प्राधिकरणलाई दियो...

हकप्रद सेयर निष्कासनबारे गार्डियनले प्राधिकरणलाई दियो जवाफ

हकप्रद सेयर निष्कासनबारे गार्डियनले प्राधिकरणलाई दियो जवाफ

images
images
मंगलवार, बैशाख २ २०८२
मंगलवार, बैशाख २ २०८२
  • काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले नेपाल बिमा प्राधिकरणलाई हकप्रद निष्कासन कारणबारे जानकारी गराएको छ । प्राधिकरणले गार्डियनलाई गत बिहीबार हकप्रद सेयर निष्कासन गर्न लागेको विषयमा स्पष्टीकरण सोधेको थियो । जसको जवाफ सोही दिन बुझाएको गार्डियनका कम्पनी सचिव रामप्रसाद पौडेलले जानकारी दिए ।

    images
    images

    ‘प्राधिकरणले स्पष्टीकरण सोधेको भन्दा पनि हकप्रद सेयर निष्कासनबारे सामान्य जिज्ञासा राखेको थियो जसको जवाफ हामीले सोही दिन दिइसकेका छौं,’ पौडेलले भने, ‘जोखिममा आधारित पुँजी (आरबीसी)का लागि २०८४ पछि पुँजी बढाउनुपर्ने भएकाले हामीले हकप्रद निष्कासनमा जाने कुरा गरेका हौं । अन्य कुनै कारण वा स्वार्थ छैन ।’

    उनले प्राधिकरणले यस विषयमा जिज्ञासा राख्दा पुँजी वृद्धि गर्न चाहनुको यहि आधार र कारण बताएको जानकारी दिए । कम्पनीको पुँजी वृद्धि गरेर बलियो हुनु सबैका लागि राम्रो भएकाले यसमा अन्य विषयलाई जोडिरहन आवश्यक नभएको बताए।गार्डियनले १स्१ अनुपातमा अर्थात् १००५ हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको थियो । कम्पनीको चैत १८ गतेको सञ्चालक समिति बैठकले वैशाख ५ गते विशेष साधारणसभा बोलाउँदै यस्तो प्रस्ताव गरेको थियो ।

    images
    images

    हकप्रदका लागि बुक क्लोज मिति चैत २८ तोकिएको थियो । यो प्रस्ताव विशेष सभाबाट पारित भएपछि मात्र बिमा प्राधिकरण र धितोपत्र बोर्डको स्वीकृति लिएर जारी प्रक्रिया अघि बढाउने कम्पनीको प्रस्ताव थियो ।कम्पनीले केही समयअघि आईपीओ जारी गरेर चुक्ता पुँजी ७५ करोड रूपैयाँ पुर्‍याएको थियो । हकप्रदपछि पुँजी १ अर्ब ५० करोड पुग्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend