images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • वैशाख ५ गते देखि ...

वैशाख ५ गते देखि सान्भी इनर्जीले आइपीओ बिक्री खुला गर्ने

वैशाख ५ गते देखि सान्भी इनर्जीले आइपीओ बिक्री खुला गर्ने

images
images
मंगलवार, बैशाख २ २०८२
मंगलवार, बैशाख २ २०८२
  • काठमाडौं । सान्भी इनर्जीले वैशाख ५ गते देखि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गर्न लागेको हो।कम्पनीले जारीपुँजी ८८ करोड रुपैयाँको ४३.०७ प्रतिशतले हुन आउने ३७ करोड ९० लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३७ लाख ९० हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ।

    images
    images

    कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने ८ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि बिक्री खुला गर्नेछ।यसैगरी सर्वसाधारणका लागि छुट्याइएको जारी पुँजीको ३३.०७ प्रतिशतले हुन आउने २९ लाख १० हजार कित्ताको १० प्रतिशतले हुन आउने २ लाख ९१ हजार कित्तामा वैदेशिक रोजगारमा रहेका नेपालले आवेदन दिन सक्नेछन्।

    दुवै समूहका लगानीकर्ताले यो आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। स्थानीयले आयोजनास्थल, नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र नबिल बैंकको फिक्कल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

    images
    images

    वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्नेछन्।आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि जारी आइपीओको निष्कासन बन्द छिटोमा वैशाख १९ गते र ढिलोमा जेठ ३ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी आइपीओमा वैशाख १९ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।सान्भी इनर्जीको आइपीओ बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend