images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • ट्रेड टावर वैशाख ८ गतेदेखि आईपीओ...

ट्रेड टावर वैशाख ८ गतेदेखि आईपीओ निष्कासन गर्दै

ट्रेड टावर वैशाख ८ गतेदेखि आईपीओ निष्कासन गर्दै

images
images
आइतवार, चैत्र ३१ २०८१
आइतवार, चैत्र ३१ २०८१
  • काठमाडौं ।  ट्रेड टावर लिमिटेडले आगामी वैशाख ८ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारीका लागि गएका नेपालीहरूमा निष्कासन गर्न लागिएको हो।

    images
    images

    यसमा आवेदकले घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्म माग गर्न सक्नेछन्। आवेदन दिने अन्तिम मिति वैशाख २ गतेसम्म रहेको छ। कम्पनीलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

    कम्पनीले पहिलो चरणको आईपीओ बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend