images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • नयाँ वर्ष २०८२ अफर: दुई पाङ्ग्रे...

नयाँ वर्ष २०८२ अफर: दुई पाङ्ग्रे सवारी किन्दा छुटैछुट, कुन ब्रान्डका कम्पनीले के ल्याए अफर ?

नयाँ वर्ष २०८२ अफर: दुई पाङ्ग्रे सवारी किन्दा छुटैछुट, कुन ब्रान्डका कम्पनीले के ल्याए अफर ?

images
images
आइतवार, चैत्र ३१ २०८१
आइतवार, चैत्र ३१ २०८१
  • काठमाडौं । नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै विभिन्न ब्रान्डका मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनीहरूले आकर्षक अफरहरु सार्वजनिक गरेका छन् । यी अफरहरूले ग्राहकलाई थप सुविधा र लाभ प्रदान गर्ने उद्देश्य राखी कम्पनीहरूले नयाँ वर्षमा नयाँ अफर ल्याएका हुन् । यस्ता अफरमा समावेश भई दुई पाङ्ग्रे किन्दा ग्राहकहरूलाई पनि धेरै फाइदा पुग्ने अटोमोबाइल कम्पनीहरू बताउँछन् । त्यसैले पनि यस्तो अफरलाई अवसरको रूपमा हेरेर नयाँ दुई पाङ्ग्रे सवारी ग्राहक किन्ने गर्छन् ।  

    images
    images

    नयाँ वर्षको लागि धमाधम नयाँ अफर ल्याइराख्दा ग्राहक पनि डिलरमा गएर सवारीका बारे बुझिरहेको देखिन्छ । सवारीको खरिदमा छुटसहितका अफरको व्यवस्था हुँदा नयाँ मोटरसाइकल तथा स्कुटर किन्ने योजना बनाएकाहरूलाई धेरै कम्पनीले सहज कर्जाको पनि व्यवस्थापन मिलाएका छन् । 

    युवापुस्तामाझ लोकप्रिय दुई पाङ्ग्रे सवारी अन्य बेलामा भन्दा नयाँ वर्ष वा चाडपर्वमा धेरै खरिद हुन्छन् । यसपटक नयाँ वर्षमा पनि कम्पनीहरूले मोटरसाइकल तथा स्कुटर खरिदमा नगद छुटदेखि एक्सचेन्जसम्मका अफर ल्याएका छन् । दुई पाङ्ग्रेको क्रेजलाई मध्यनजर गर्दै ल्याइएका आकर्षक अफरले नयाँ बाइक किन्नेहरूलाई आकर्षण गरिरहेको हुन्छ । नयाँ सवारी किन्नेहरूको लागि अवसरको रूपमा हेरिने यस अफरहरुमा कुन कम्पनीले नयाँ वर्षमा के ल्याएका छन् त ? हेरौं–
    ‘खुसीयाली साटा–साट’ 

    भेस्पा र अप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटो कर्पले नयाँ वर्षको लागि आकर्षक अफर ल्याएको छ । कम्पनीले ‘खुसीयाली साटा–साट’ नामक अफर योजना ल्याएको हो । उक्त अफरमा समावेश भई भेस्पा र अप्रिलियाको स्कुटर खरिदमा छुट, किस्ता सुविधा र उपहार प्राप्त गर्न सक्नेछन् ।  भेस्पा तथा अप्रिलियाको स्कुटर खरिद गर्ने ग्राहकले १० हजार रुपैयाँ नगद छुट, ४.९९ प्रतिशत ब्याजदरको ईएमआई सुविधा र एक्सचेन्ज सुविधामा १० हजार रुपैयाँ बराबरको अतिरिक्त मूल्यांकन पाउने कम्पनीले जनाएको छ । त्यस्तै, हरेक खरिदमा ग्राहकले निःशुल्क हेल्मेट र किरिङ समेत प्राप्त गर्ने छन् भने  छिटो र सजिलो फाइनान्स पनि उपलब्ध गराइएको कम्पनीले बताएको छ ।  

    images
    images

    ‘नयाँ वर्ष लुयानको हर्ष’ 

    ग्राहकलक्षित गर्दै लुयान नेपालले नयाँ वर्षको अवसर पारेर ल्याएको अफर हो, ‘नयाँ वर्ष लुयानको हर्ष’ । यो विशेष अफरअन्तर्गत लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकले १५ हजार रुपैयाँ नगद छुट पाउँछन् । उक्त अफरबाट स्कुटर खरिद गर्दा एक वर्षको सवारी कर, बाइक कभर, टी–शर्ट र हेलमेट निःशुल्क प्राप्त गर्नसक्ने पनि बताइएको छ । नगदमा खरिद गर्ने ग्राहकमा मात्र लागू हुने यस अफरसँगै कम्पनीले ग्राहकको सुविधाको लागि एक्सचेन्ज र फाइनान्स सुविधा पनि उपलब्ध गराएको छ । जसअनुसार ग्राहकहरूले पुरानो स्कुटर साटेर नयाँ लुयान स्कुटर सहज किस्तामा लिन सक्नेछन् । लुयानको एमएनके ३ र एस ९० मोडलका यी स्कुटरको मूल्य क्रमशः १ लाख ७७ हजार ६ सय र २ लाख १ सयमात्र रहेको कम्पनीले बताएको छ । 

    ‘थ्रिल अफ थ्री’ 

    यामाहा नेपालले नयाँ वर्षको अवसरमा ‘थ्रिल अफ थ्री’ स्किम सार्वजनिक गरेको छ । यस अफर सामाजिक सञ्जालमा यामाहाको नयाँ वर्ष स्किमको विज्ञापन ‘थ्रिल अफ थ्री’ सेयर गरी तत्काल १ हजार रुपैयाँ जित्न सकिनेछ । नजिकैको यामाहा डिलरशिपमा गई आफूले शेयर गरेको यामाहा नयाँ वर्ष स्किम विज्ञापनको स्क्रिनसट देखाई ५० हजारसम्मको नगद पुरस्कार र योजनाको अवधिमा ब्रान्ड–न्यू यामाहा मोटरसाइकल वा स्कुटर खरिद गरी १ लाखसम्मको नगद पुरस्कार समेत जित्न सकिने कम्पनीको भनाई छ । ग्राहकको लागि नगद पुरस्कारको साथै यामाहा नेपालले यामाहाको खरिदलाई पहिलेभन्दा अझै सजिलो र बढी फाइदाजनक बनाउन विशेष खरिद लाभहरू समेत प्रदान गर्ने जनाएको छ । जसअन्तर्गत, स्पट एक्सचेन्ज, इजी फाइनान्स र छानिएका मोडेलमा शून्य प्रतिशत ब्याजको ईएमआई जस्ता लाभ सामेल गरिएको छ । 

    ‘खुसीको मिटर’ 

    नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले नयाँ वर्षलाई लक्षित गर्दै ल्याएको अफर हाे, ‘खुसीको मिटर’ । यो अफरअन्तर्गत गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको कम्पनीले बताएको छ ।‘खुसीको मिटर’ अफरसँग जोडिएर ग्राहकहरूले डिजिटल अनुभवमार्फत १ लाख रुपैयाँसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरू पाउने कम्पनीले बताएको छ । सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको छ । 

    जसअन्तर्गत जो कोही सहभागी भई घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरू जित्न सकिने कम्पनीको भनाइ छ । उक्त उपहार प्राप्त गर्ने विजेताले कुनै पनि बजाज मोटरसाइकलको टेस्ट राइड गर्नुपर्नेछ । क्याम्पेनको अवधिमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरूका लागि अर्को चरणको गेम पनि शोरूममा खेल्न पाउने छन् ।

    यो इन–स्टोर डिजिटल अनुभवमा ग्राहकले स्क्रिनमा देखिएको ‘खुसीको मिटर’ रोकेर १ लाखसम्मको नगद पुरस्कार जित्न सक्नेछन् । यो क्याम्पेन हाल नेपालभरका सबै आधिकारिक बजाज शोरूमहरूमा र बजाजका डिजिटल प्लेटफर्महरूमा उपलब्ध भइसकेको छ ।

    ‘नयाँ वर्ष नयाँ हिरो’ 

    नयाँ वर्षलाई लक्षित गर्दै हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले आकर्षक अफर ल्याएको छ । कम्पनीले यो नयाँ वर्षमा ‘नयाँ वर्ष नयाँ हिरो’ नामक अफर ल्याएको हो । यस अफर अन्तर्गत ग्राहकले ७ हजार नगद छुटका साथै हरेक हप्ता गरिने लक्की ड्रमार्फत २५ हजार नगद उपहार पाउनेछन् ।फाइनान्स सुविधामा खरिद गर्न चाहने ग्राहकलाई इजी फाइनान्स सहित सरल किस्ता वन्दीको योजना समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । हिरोले नेपाली बजारमा एक्सपल्स, सुपर स्प्लेन्डर, एक्सट्रिम लगायत मोडलका मोटरसाइकल उपलब्ध गराउँदै आएको छ भने स्कुटरमा जुम मोडल बिक्री हुँदै आएको छ ।  

    ‘सुपर सेभ अफर’ 

    नेपाली नयाँ वर्षको अवसरमा ‘सुपर सेभ अफर’ पनि सार्वजनिक भएको छ ।  इलेक्ट्रिक स्कुटर ब्रान्ड सुनराले ग्राहकहरूका लागि यो छुटको योजना ल्याएको हो । जसअन्तर्गत ग्राहकले यी ब्रान्डका स्कुटर खरिद गर्दा ६० हजार रुपैयाँसम्मको छुट पाउने कम्पनीले बताएको छ । अफरअन्तर्गत के.५ मोडेल १ लाख ६९ हजार ९०० रुपैयाँमा, रोबो–ए ३ लाख २० हजार ९०० रुपैयाँमा र एचडब्ल्युएके २ लाख ३६ हजार ९०० रुपैयाँमा उपलब्ध छन् । साथै, प्रत्येक स्कुटरमा निःशुल्क बीमा, फ्री हेल्मेट र रोड ट्याक्स कम्पनीले तिर्ने व्यवस्था गरिएको छ ।

    ‘जिहो जिन्दगी’ 

    नेपालका लागि सीएफमोटो तथा जिहोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ‘जिहो जिन्दगी’ नामक अफर ल्याएको छ । जिहो ईभी स्कुटरमा बिक्री गर्दै आएको उक्त कम्पनीले ग्राहकहरूलाई आफ्ना स्कुटर खरिद गर्न सहज होस् भनी उक्त अफर ल्याएको हो ।  जिहो ईभी चढ्दै गरेका हालका ग्राहकले समेत रिफर गर्दा समेत १ वर्षको एएमसी प्याकेज निःशुल्क पाउने जानकारी दिएको छ । यसका साथै नयाँ स्कुटर खरिद गर्ने ग्राहकहरूले चाहिँ सिधै २० हजार रुपैयाँ नगद छुट पाउनेछन् ।हरेक हप्ता उक्त हप्तामा खरिद गर्ने ग्राहकहरूमध्ये एक जना भाग्यशाली विजेताले उल्लिखित छुट रकम बराबर थप रकम छुट पाउने छन् । त्यसैगरी अफर सकिए पश्चात् लक्की ड्रमार्फत आफूले खरिद गरेको रकमको ५० प्रतिशत रकम फिर्ता पाउने लगायतका अफर समेत उपलब्ध छन् । 

    ‘नव वर्ष २०८२ जितौँ टन्न धनराशी’ 

    ‘नव वर्ष २०८२ जितौँ टन्न धनराशी’ अफर सुजुकीको हो । सुजुकीको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले सार्वजनिक गरेको उक्त अफर अन्तर्गत सुजुकी मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एसएमएस मार्फत ८ हजारदेखि १ लाख रुपैयाँसम्म नगद उपहार पाउनेछन् । ग्राहकले ३५००१ मा एसएमएस पठाएर उक्त रकम जित्न सक्ने कम्पनीले बताएको छ । साथै, ग्राहकले पुरानो मोटरसाइकल तथा स्कुटर दिएर ब्रान्ड न्यू सुजुकी बाइक एक्सचेन्ज गर्न समेत सक्नेछन् । यसरी एक्सचेन्ज गर्दा कम्पनीले पुरानो बाइकमा उच्च मूल्याङ्कन दिने कम्पनीले जनाएको छ ।   

    ‘नयाँ वर्ष २०८२, कम ब्याजमा ढुक्कको सवारी’ 

    सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्षलाई लक्षित ‘नयाँ वर्ष २०८२, कम ब्याजमा ढुक्कको सवारी’ अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत ग्राहकले एनके २५० मोडलको मोटरसाइकल खरिद गर्दा  ५ वर्ष सम्मको वारेन्टी पाउनुका साथै ५ प्रतिशत ब्याजदरमै २४ महिनाको सरल फाइनान्सको सुविधा पाउने छन् । त्यसैगरी नगद तथा एक्सचेन्जमा १५ हजार छुट पाउन सक्नेछन् । उक्त अफर अन्तर्गत २५० एनके खरिद गर्ने ग्राहकले निःशुल्क आफ्नो बाइकको फ्री–सेरामिक कोटिङ गरी बाइकलाई सुरक्षित राख्न सक्ने छन् । 

    ‘नयाँ युगको सवारी’ 

    नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ वर्षलाई लक्षित गर्दै ‘नयाँ युगको सवारी’ नामक अफर ल्याएको छ । यस अफरमा नगद छुटका साथै एक्सचेन्ज तथा फाइनान्स सुविधा पाइन्छ । कम्पनीले ल्याएको नयाँ युगको सवारी स्कीम अन्तर्गत ग्राहकले टीभीएसका नयाँ मोटरसाइकल र स्कुटर खरिदमा १ लाख रुपैयाँसम्म नगद छुट पाउने छन् ।साथै, ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डको पुरानो मोटरसाइकलसँग टीभीएसको नयाँ मोटरसाइकल तथा स्कुटर साट्न सक्नेछन् । पुरानो मोटरसाइकलमा अधिकतम मूल्यांकन गरिने कम्पनीले जनाएको छ । त्यस्तै, फाइनान्समा मोटरसाइकल तथा स्कुटर किन्न चाहाने ग्राहकले ७.९९ प्रतिशत ब्याजदरमै कर्जा सुविधा पाउने कम्पनीले जनाएको छ ।टीभीएसले लाइफटाइम वारेन्टीका साथै १ घण्टाभित्र पार्ट्स् उपलब्ध गराउन नसके पार्ट्स् नै निःशुल्क दिँदै आएको छ । त्यस्तै, कम्पनीले ग्राहकलाई एउटा हेल्मेट र आफूले बिक्री गरेको साधनमा लाइफटाइम वारेन्टी समेत दिने जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend