images

२०८३ आश्विन १९ गते

images
images
images

बालाजु बाइसधारामा मेला आज, भक्तजनहरूको भीड

बालाजु बाइसधारामा मेला आज, भक्तजनहरूको भीड

images
images
शनिवार, चैत्र ३० २०८१
शनिवार, चैत्र ३० २०८१
  • काठमाडौँ, ३० चैत । ऐतिहासिक तथा धार्मिक स्थल बालाजु बाइसधारामा आजदेखि बाइसधारा (ल्हुति पुन्हि) मेला, सुरु भएको छ।

    images
    images

    नयाँ वर्ष २०८२ को अवसर पारेर प्रत्येक वर्ष काठमाडौँ महानगरपालिका–१६ मा अवस्थित बाइसधारामा बाइसधारा (ल्हुति पुन्हि) मेला आयोजना गरिन्छ । बाइसधारा हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र पनि बनेको छ।

    मेलाको पहिलो दिन शनिवार बिहानै देखि स्नान गर्न र पूजा अर्चनाका लागि भक्तजनहरूको भीड लागेको छ। २२ धाराबाट लगातार बगिरहेको शुद्ध पानीमा स्नान गरेमा शारीरिक र मानसिक शुद्धि हुने विश्वास रही आएको छ। विशेषतः चैत शुक्ल पूर्णिमाका दिन यहाँ स्नान गरेमा पुण्य प्राप्त हुने धार्मिक मान्यता छ।

    images
    images

    बालाजु बाइसधारा धार्मिक महत्वका साथै सांस्कृतिक र पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण स्थल हो। यस मन्दिर परिसरमा बुद्धका मूर्तिहरू, प्राचीन स्तम्भहरू, जल कुण्ड र हरियालीले पर्यटकलाई आकर्षित गर्छ। मेलाको समयमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने दर्शनार्थी, साथै आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य हुने गर्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend