images

२०८३ आश्विन १९ गते

images
images
images

विश्वकै पहिलो नेपाल माताको मन्दिरको २०८२ सालको नयाँ वर्षको दिन उद्घाटन हुदै

विश्वकै पहिलो नेपाल माताको मन्दिरको २०८२ सालको नयाँ वर्षको दिन उद्घाटन हुदै

images
images
शुक्रवार, चैत्र २९ २०८१
शुक्रवार, चैत्र २९ २०८१
  • काठमाडौंः काठमाडौंको शंकरापुरमा निर्माण भएको विश्वकै पहिलो नेपाल माताको मन्दिरको २०८२ सालको नयाँ वर्षको दिन उद्घाटन हुने भएको छ । शंखरापुर नगरपालिका– ५ इटाखेलमा रहेको नेपाल मातामन्दिरको निर्माण सम्पन्न भइसकेकाले नयाँ वर्षको दिन उद्घाटन गर्ने तयारी गरिएको आयोजक संस्था श्रीपञ्चमहालक्ष्मी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

    images
    images

    भक्तपुरको चाँगुनारायण नगरपालिकामा पर्ने श्रीवनमा रहेको श्रीपञ्चमहालक्ष्मी मन्दिर सम्मुखमा निर्मित सो मन्दिरमा नेपालको ७७ वटै जिल्ला समेटिएको नक्सालाई पृष्ठभूमिमा राखी नेपाल माताको मूर्ति स्थापना गरिएको छ । नेपाल माताको मन्दिर र मूर्ति विश्वमै अन्यत्र अहिलेसम्म कतै पनि नभएको आयोजक संस्थाको दाबी पनि छ ।

    मुक्तिनाथ पीठका पीठाधीस स्वामी कमलनयनाचार्य व्यवस्थापक रहेको मन्दिर उद्घाटन सँगै नयाँ वर्षको दिन देखि वैशाख ९ गतेसम्म मन्दिर परिसरमा राष्ट्रिय महायज्ञ आयोजना गर्न लागिएको श्रीपञ्चमहालक्ष्मी मन्दिर व्यवस्थापन समितिले जानाकारी गराएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend