काठमाडौं । गोखार्ज फाइनान्स लिमिटेडको बुधवार सम्पन्न सञ्चालक समितिको बैठकले का.मु. प्रमुख कार्यकारी अधिकृतमा अर्को व्यवस्था नभएसम्मको लागि दिपक न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको छ।
वित्तीय संस्थामा हाल प्रमुख कार्यकारी अधिकृत पद रिक्त रहेको र का.मु. प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका मुकुन्द श्रेष्ठ समेत अनिवार्य अवकाशमा जाने भएपछि जिम्मेवारी न्यौपानेलाई प्रदान गरेको हो।
नवनियुक्त का.मु. प्रमुख कार्यकारी अधिकृत वित्तीय संस्थामा विगत तीन वर्षदेखि वरिष्ठ प्रबन्धक पदमा कार्यरत छन्। अर्थशास्त्रमा एमफिलसम्म अध्ययन गरेका न्यौपानेसँग विभिन्न वित्तीय संस्थामा विभागीय प्रमुख एवं लेखापरीक्षण फर्ममा गरी १० वर्षभन्दा बढीको कार्यनुभव रहेको छ।




.gif)





