images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • सूर्य ज्योतिको बीमा पोलिसी भएका ग्राहकले...

सूर्य ज्योतिको बीमा पोलिसी भएका ग्राहकले खल्ती एपबाटै ५० हजारसम्मको ऋण लिन सक्ने

सूर्य ज्योतिको बीमा पोलिसी भएका ग्राहकले खल्ती एपबाटै ५० हजारसम्मको ऋण लिन सक्ने

images
images
बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • काठमाडौँ । अब डिजिटल वालेट खल्तीका प्रयोगकर्ताहरूले बिना धितो इन्स्योरेन्स प्रिमियमकै आधारमा कर्जा लिन सक्ने भएका छन् । सूर्य ज्योति लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा कम्पनीले यो नयाँ सुविधा सार्वजनिक गरेको हो ।यससँगै सूर्य ज्योती लाइफ इन्स्योरेन्सको प्रिमियम भएका ग्राहकले घरैबाट तुरुन्तै आफ्नो खल्ती वालेटमा ५० हजार रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्नेछन् । बीमा पोलिसीमा उल्लिखित नम्बर र खल्ती अकाउन्ट खोलिएको नम्बर मिलेमा प्रयोगकर्ताहरू यस किसिमको ई-कर्जाका लागि योग्य हुने बताइएको छ ।

    images
    images

    कागजी प्रक्रियाको झन्झट र लाइन बस्नुपर्ने बाध्यता बिना अनि अनावश्यक समय बर्बाद नगरिकनै कर्जा प्राप्त गर्न सकिने बताइएको छ । सूर्य ज्योति लाइफ इन्स्योरेन्सको प्रणालीमा खल्ती प्रत्यक्ष रूपमा जडान भएकाले कर्जाको योग्यता र विवरण खल्ती एपबाटै मापन हुने सुविधा रहेको छ ।आपत पर्दा अनलाइनबाटै सजिलै र तुरुन्तै निकाल्न सकिने ई-कर्जा लिन ३ वर्ष पूरा भएर ३  वर्षको बीमा शुल्क तिरेको हुनुपर्ने बताइएको छ । सरेन्डर भ्यालुको ९० प्रतिशत वा अधिकतम ५० हजार रुपैयाँसम्मको कर्जा लिन सकिने छ ।

    त्यसका लागि केवाईसी अपडेट हुनुपर्ने र कम्पनीले निर्धारण गरेको ब्याजदर लागु हुने लगायतका सर्तहरू लागु हुने कम्पनीले जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend