images

२०८३ आश्विन २८ गते

images
images
images
  • बैंक वित्त
  • एमएसएमई तथा उपभोक्ता ऋण केन्द्रको प्रभु...

एमएसएमई तथा उपभोक्ता ऋण केन्द्रको प्रभु बैंक गण्डकी प्रदेशद्वारा उद्घाटन

एमएसएमई तथा उपभोक्ता ऋण केन्द्रको प्रभु बैंक गण्डकी प्रदेशद्वारा उद्घाटन

images
images
बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • काठमाडौ । प्रभु बैंक गण्डकी प्रदेशले गण्डकी प्रदेशका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) र उपभोक्ता वर्गलाई लक्षित गरी एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकीको स्थापना गरेको छ ।प्रभु बैंक गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले गण्डकी प्रदेशमा लक्षित ग्राहक वर्गलाई अझ सशक्त सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । केन्द्रले उद्यमशीलता प्रवर्द्धनमा सहयोग पु¥याउने र वित्तीय पहुँचमा सहजता ल्याउने कुरामा जोड दिए ।

    images
    images

    हब मार्फत गण्डकी प्रदेशका व्यवसायी तथा उपभोक्ताहरूले लक्षित, छरितो र प्रभावकारी बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् । यसले विशेष गरी लघु, साना तथा मझौला उद्यमहरूलाई व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना तथा संचालनमा आवश्यक पर्ने ऋण सुविधा तथा परामर्श सेवा प्रदान गर्नेछ । उपभोक्ता वर्गका लागि समेत घर निर्माण, सवारीसाधन खरिद, शिक्षा, स्वास्थ्य लगायतका आवश्यकताहरूका लागि विविध ऋण योजना उपलब्ध हुनेछ।

    कार्यक्रममा वक्ताहरूले यस्तो केन्द्रको स्थापनाले वित्तीय समावेशीकरण, रोजगारी सिर्जना, र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे । यसले व्यवसाय तथा परियोजना ऋण, उपभोक्ता ऋण ९घर, गाडी, शिक्षा, स्वास्थ्य०, वित्तीय परामर्श सेवा, द्रुत तथा प्रभावकारी कागजी प्रक्रिया र इच्छुक ग्राहकहरूले बैंकको प्रदेश कार्यालय वा नजिकैको शाखा कार्यालयमा सम्पर्क गरी थप जानकारी प्राप्त गर्न सक्ने जनाएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend