images

२०८३ आश्विन २८ गते

images
images
images
  • पूर्वाधार
  • नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल...

नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई

नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई

images
images
बुधवार, आश्विन २८ २०८३
बुधवार, आश्विन २८ २०८३
  • नारायणगढ (चितवन), २८ असोज । नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि निर्माणाधीन आइकोनिक केबल–स्टेड पुलको निर्माणसम्बन्धी जिम्मेवारी सडक डिभिजन भरतपुरबाट पुल सेक्टर पोखरामा हस्तान्तरण गरिएको छ ।
     
    गत भदौ ९ गतेको सचिवस्तरीय निर्णयअनुसार पुल निर्माणको जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय स्वीकृत भएपछि मङ्गलबार निर्माणसँग सम्बन्धित सम्पूर्ण आयोजना तथा ठेक्कासम्बन्धी कागजात पुल सेक्टर पोखरालाई हस्तान्तरण गरिएको हो ।
     
    सडक डिभिजन भरतपुरका डिभिजन प्रमुख इञ्जिनियर नारायणप्रसाद लामिछानेले पुल सेक्टर पोखराका योजना प्रमुख इञ्जिनियर कृष्णराज अधिकारीलाई कागजात हस्तान्तरण गरेको हो । यसअघि सडक डिभिजन भरतपुरले हेर्दै आएको पुल निर्माणको काम अब पुल सेक्टर पोखराले हेर्नेछ ।
     
    डिभिजन प्रमुख लामिछानेका अनुसार बर्खा सुरु हुनुअघि चितवनतर्फ पुलको पाइल निर्माणको काम गरिएको थियो । चितवनतर्फ अन्तिम फाउन्डेसनको काम भएकोे उनले बताएका छन् । बाढीले पुल निर्माणमा खासै क्षति नगरे पनि गैँडाकोटतर्फ रहेको निर्माण कम्पनीको शिविरमा भने असर गरेको उनले जानकारी दिएका छन् ।
     
    निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिका योजना व्यवस्थापक इञ्जिनियर मञ्जिल मिश्रका अनुसार बर्खा सुरु हुनुअघि पुलको जग निर्माणसम्बन्धी केही काम गरिएको थियो । बर्खा लागेपछि काम रोकिएको उनले बताएका छन् । उनका अनुसार दसैँलगत्तै निर्माणको काम सुरु गर्ने तयारी छ।तस्वीरःकान्तिपुर

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend