images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • वैशाख १९ गते स्वाभिमान लघुवित्तले...

वैशाख १९ गते स्वाभिमान लघुवित्तले बोलायो आठौं वार्षिक साधारण सभा

वैशाख १९ गते स्वाभिमान लघुवित्तले बोलायो आठौं वार्षिक साधारण सभा

images
images
बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आठौं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्न सभा बोलाएको हो । 

    images
    images

    सभा आगामी वैशाख १९ गते शुक्रवार कम्पनीको तिलोत्तमा–५, रुपन्देहीस्थित आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ। कम्पनीको चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ।

    सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा वैशाख १० गतेसम्म कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend