images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • सुर्यज्योति लाइफको डिजिटल कार्ड र ई–कर्जा...

सुर्यज्योति लाइफको डिजिटल कार्ड र ई–कर्जा सेवा शुभारम्भ

सुर्यज्योति लाइफको डिजिटल कार्ड र ई–कर्जा सेवा शुभारम्भ

images
images
मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको बीमा क्षेत्रमा नयाँ सेवा थप गरेको छ। कम्पनीले पहिलो पटक सुर्यज्योति केयर्स डिजिटल कार्ड र सुर्यज्योति ई–कर्जा सेवा शुभारम्भ गरेको हो।सोमबार आयोजित एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश विक्रम खत्रीले यस नयाँ सेवाको शुभारम्भ गरेका थिए। खत्रीले ई–कर्जा सेवा को बारेमा जानकारी दिँदै भने,'अब जीवन बीमा पोलिसी भएका व्यक्तिहरूलाई अनलाइन कर्जा लिन सकिनेछ।'

    images
    images

    कम्पनीका अनुसार, तेस्रो किस्ता तिरिसकेका र तीन वर्ष पुरा भएका बिमितले ई–कर्जा सेवा मार्फत ५०,००० रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। कर्जा आवेदनको प्रक्रिया छिटो हुनेछ, र कम्पनीले बीमितको बैंक खातामा कर्जा रकम केही दिन भित्र जम्मा गर्ने जनाएको छ। यो सेवा नेपालमै पहिलो पटक सुर्यज्योति लाइफले प्रदान गरेको दाबी सीईओ खत्रीले गरेका छन्।साथै, कम्पनीले सुर्यज्योति केयर्स डिजिटल कार्ड पनि प्रस्तुत गरेको छ। यो कार्ड विशेषगरी बिमीत र अभिकर्ताहरूका लागि ल्याइएको हो, जसलाई पाँच लाख रुपैयाँभन्दा बढी पोलिसी खरिद गरेका बिमितहरूले प्रयोग गर्न सक्नेछन्। यस कार्डको प्रयोगमा शुल्क ५० रुपैयाँ तोकिएको छ।

    सुर्यज्योति केयर्स डिजिटल कार्ड प्रयोगकर्ताहरूलाई अल्का अस्पतालमा क्युआर कोडमार्फत भुक्तानी गर्दा विभिन्न छुटहरू उपलब्ध हुनेछ। साथै, देशभरका ४२ वटा अस्पतालसँग सम्झौता अनुसार स्वास्थ्य सेवामा छुट प्राप्त हुनेछ। यसका अतिरिक्त, फिटनेस सेन्टर, सिनेमा हल र सपिङ महलमा पनि छुटका लागि सम्झौताहरू गरिएको कम्पनीले जानकारी दिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend