images

२०८३ आश्विन १७ गते

images
images
images

बागलुङ कालिका मन्दिरमा चैते दसैँमा ४२ लाख भेटी संकलन, झण्डै ७ लाख दर्शनार्थी

बागलुङ कालिका मन्दिरमा चैते दसैँमा ४२ लाख भेटी संकलन, झण्डै ७ लाख दर्शनार्थी

images
images
मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • काठमाडौं । चैते दसैँको दुर्गा सुरु भएपछि बागलुङ कालिका मन्दिरमा ४२ लाखभन्दा बढी भेटी संकलन भएको छ।बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार नवरात्रको अवधिभर ४२ लाख ६३ हजार एक सय ५५ रुपैयाँ भेटी संकलन भएको छ। गण्डकी प्रदेशकै प्रसिद्ध ऐतिहासिक शक्तिपिठ बागलुङ कालिका मन्दिरमा चैते दसैँको अवसरमा आएका झण्डै ७ लाख दर्शनार्थीहरूले उक्त रकम भेटी स्वरुप चढाएका हुन्।

    images
    images

    अध्यक्ष खड्काका अनुसार नवरात्रको पहिलो दिन चैत १७ गते तीन लाख ४९ हजार ८ सय ६ रुपैयाँ भेटी संकलन भएको छ। दोस्रो दिन दुई लाख ३१ हजार चार सय ७०, तेस्रो दिन ५ लाख २० हजार एक सय ६५, चौथो दिन दुई लाख ८१ हजार ७ सय ५९ रुपैयाँ भेटी संकलन भएको छ। पाँचौं दिन चार लाख ८२ हजार तीन सय ३५, छैठौं दिन ५ लाख ६८ हजार ७५० रुपैयाँ संकलन भएको छ। मन्दिरमा सबैभन्दा धेरै भेटी महाअष्टमीको दिन चैत २३ गते ११ लाख ८१ हजार ५ सय ९० संलकन भएको अध्यक्ष खड्काले बताए।

    ‘अष्टमीको दिनमा अहिलेसम्मकै धेरै भेटी संकलन भएको छ, विगतका वर्षहरूको तुलनामा पनि यो वर्ष धेरै संकलन भएको छ,’ उनले भने, ‘अष्टमीमा एकै दिन तीन लाख दर्शनार्थीले कालिका मन्दिरको दर्शन गर्नुभएको छ।’ चैत २४ गते चार लाख ११ हजार ५ सय १० र २५ गते दुई लाख ३५ हजार ७ सय ७० रुपैयाँ संकलन भएको छ।बागलुङ कालिका मन्दिरमा शनिबार र मंगलबार विशेष पूजा हुन्छ। चैते दसैँ र बडा दसैँको नवदुर्गामा बली चढाउने र दर्शन गर्न आउनेहरूको ठूलो भीड लाग्छ। बडा दसैँमा भाकलको बलि चढाउनेहरू र चैते दसैँमा मेला भर्न तथा मन्दिर दर्शनका लागि आउनेको संख्या बढी हुने गरेको खड्काको अनुभव छ।  

    images
    images

    गण्डकी प्रदेशकै ऐतिहासिक प्रसिद्ध शक्तिपिठ भएकाले यहाँ पूजाअर्चना गर्नाले मनोकामना पूरा हुने विश्वासका साथ दर्शनार्थीहरू आउँछन्। चैते दसैँमा विशेष मेला लाग्ने भएका कारण पनि यो समयमा यहाँ आउनेहरूको संख्या हरेक वर्ष बढ्दै गएको पाइन्छ। बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजना चैते दसैँ मेला चैत २० बाट सुरु भएर सोमबार मात्रै समापन भएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend