images

२०८३ आश्विन २८ गते

images
images
images

कर्जा लगानी नभएपछि राष्ट्र बैंकमा थुप्रियो २ खर्ब ३७ अर्ब रुपियाँ

कर्जा लगानी नभएपछि राष्ट्र बैंकमा थुप्रियो २ खर्ब ३७ अर्ब रुपियाँ

images
images
मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • काठमाडौं । कर्जा लगानी नभएपछि बैंक तथा वित्तीय संस्थाहरूले २ खर्ब ३७ अर्ब ८५ करोड रुपियाँ नेपाल राष्ट्र बैंकमा जम्मा गरेका छन्। अधिक तरलता देखिएको बैंकिङ प्रणालीका कारण उक्त रकम स्थायी निक्षेप सुविधा (एसडीएफ) र निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकमा राखिएको हो।

    images
    images

    सोमबार एकैदिन १ खर्ब २७ अर्ब ७० करोड रुपियाँ केन्द्रीय बैंकमा जम्मा गरिएकोमध्ये ९६ अर्ब ४० करोड एसडीएफ र ३१ अर्ब ३० करोड निक्षेप संकलन उपकरणमार्फत राखिएको हो। राष्ट्र बैंकले २३ दिनको लागि ३५ अर्ब तरलता प्रशोचनको लक्ष्य राख्दा ९ वटा संस्थाले मात्र ३१ अर्ब ३० करोड उपलब्ध गराएका थिए। जसको औसत ब्याजदर २.९९ प्रतिशत रहेको छ।

    एसडीएफमा राखिएको रकम तीन दिनमा परिपक्क हुने भएकाले बैंकहरूले अल्पकालीन आम्दानीको स्रोतको रूपमा प्रयोग गरिरहेका छन्। चालु आर्थिक वर्षको सुरुदेखि हालसम्म बैंकहरूले १४६ खर्ब ९५ अर्ब ७५ करोडको एसडीएफ उपयोग गरिसकेका छन्।

    images
    images

    हाल बैंकहरूको कर्जा–निक्षेप अनुपात ७९.३८ प्रतिशत रहेको छ। ९० प्रतिशतसम्म कर्जा लगानी गर्न सकिने प्रावधानअनुसार बैंकहरूसँग अझै ६ खर्ब ३५ अर्ब रुपैयाँ लगानी गर्न सक्ने क्षमता रहेको देखिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend