images

२०८३ आश्विन १९ गते

images
images
images

गर्मी छल्न स्वर्गद्वारीमा आउन थाले पर्यटक

गर्मी छल्न स्वर्गद्वारीमा आउन थाले पर्यटक

images
images
मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • प्युठान । बाह्रै महिना चिसो हुने जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीमा अहिले पर्यटकहरु आउने क्रम बढ्दो छ । गर्मीयाम सुरु भएसँगै नेपाल विभिन्न ठाउँ र भारतबाट आउने तीर्थयात्री बढेका छन् ।दुई हजार एक सय मिटर उचाइमा रहेको स्वर्गद्वारीमा बाह्रै महिना चिसो हुने र गर्मीयाममा समेत चिसो वातावरण हुने आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले बताउनुभयो । उहाँका अनुसार लालिगुराँस फुल्ने र काफल पाक्ने समय समेत भएकाले यो समयमा धेरै पर्यटक स्वर्गद्वारी पुग्ने गर्दछन् । सडक सुविधाका कारण समेत तीर्थयात्री बाह्रै महिना स्वर्गद्वारी पुग्न थालेका अधिकारीले बताउनुभयो ।

    images
    images

    भारत तथा नेपालका विभिन्न ठाउँबाट तीर्थयात्री आउने गरेको भिंगृका होटल व्यवसायी दुर्गा बोहोराले जानकारी दिनुभयो ।“दैनिक स्वर्गद्वारीमा आउने भक्तजन हुन्छन्,” उहाँले भन्नुभयो, “अहिले सडक कालोपत्रे भएपछि साना गाडी पनि आउन थालेका छन ।” गत वर्ष करोड बढी लगानीमा सडक डिभिजन र सडक पूर्वाधार कार्यालयले जोखिम स्थानको बाटो छेउमा रेलिङ र जाली पर्खाल समेत बनाएको छ ।

    स्वर्गद्वारीमा वैशाखे पूर्णिमा, तिहारको औंशी, दसैँको फुलपाती, माघे सङ्क्रान्तिमा विशेष पूजा तथा मेला लाग्ने गर्दछ । स्वर्गद्वारीमा नेपाल लगायत भारतका विभिन्न ठाउँबाट करीब वार्षिक पाँच लाख पर्यटक आउने आश्रमको तथ्याङ्क छ ।वि.सं. १९९६ सालमा रोल्पाको सखी गाविसको रुम्टीे गाउँमा महाप्रभुको जन्म भएको थियो । १९५२ सालमा प्रभुले स्वर्गद्वारी आश्रममा बौद्धिक मन्त्रबाट दिप प्रज्वलन गरी स्थापना गर्नुभएका अखण्ड महायज्ञ अहिले पनि निरन्तर बलिरहेको छ । महाप्रभुको १९९७ मार्ग शुक्ल चौथीका दिन निधन भएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend