images

२०८३ आश्विन २८ गते

images
images
images
  • बैंक वित्त
  • बैंकिङ प्रणालीको कर्जा लगानी ७९ प्रतिशत...

बैंकिङ प्रणालीको कर्जा लगानी ७९ प्रतिशत मात्रै, निक्षेप ६८ खर्ब

बैंकिङ प्रणालीको कर्जा लगानी ७९ प्रतिशत मात्रै, निक्षेप ६८ खर्ब

images
images
मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको आकार ६८ खर्ब नाघेको छ । गत साताको शुक्रबारसम्म वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुद्वारा संकलित निक्षेप (डिपोजिट) ६८ खर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो एक दिनमा मात्रै बैंकिङ प्रणालीमा १० अर्ब रुपैयाँले निक्षेप थपिएको छ । तर समीक्षा अवधिमा यता बैंकहरूको कर्जा लगानी भने खासै सुधार हुन सकेको छैन । केन्द्रीय बैंकका अनुसार चैत २२ गतेसम्म ६८ खर्ब निक्षेप संकलन गरेका बैंक तथा वित्तीय संस्थाहरुले ५४ खर्ब ८० अर्ब रुपैयाँ मात्र लगानी गर्न सकेका छन् । 

    images
    images

    राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमध्ये वाणिज्य बैंकहरुको निक्षेप ६० खर्ब ७१ अर्ब तथा अन्य वित्तीय संस्थाहरुको निक्षेप ७ खर्ब २८ अर्ब पुगेको छ । तर, वित्तीय प्रणालीमा निक्षेपको तुलनामा कर्जा भने विस्तार हुन सकेको छैन । बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामध्ये वाणिज्य बैंकहरुले ४८ खर्ब ६४ अर्ब तथा अन्य वित्तीय संस्थाले ६ खर्ब १६ अर्ब कर्जा प्रवाह गरेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । 

    केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ९० प्रतिशतसम्म अर्थात् कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतसम्म कायम गर्न पाउने सुविधा दिएको छ । तर हाल बैंकहरूले ७९.३४ प्रतिशत मात्र सीडी रेसियो कायम गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार हाल बैंकहरुसँग झण्डै साढे ६ खर्ब रुपैयाँ लगानी योग्य रकम (तरलता) रहेको छ । बजारमा कर्जाको माग नै नभएको अवस्थामा बढ्दो जोखिमलाई लिएर यता बैंकहरुले पनि लगानीमा कडाई गर्दा निक्षेप थुप्रिन पुगेको हो । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप थुप्रदै जाने तर कर्जा विस्तार नहुँदा यसले बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यमा समेत प्रभावित हुने अर्थविद्हरूले औँल्याएका छन् ।

    images
    images

    बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.३४ प्रतिशत छ । यसलाई हेर्दा बैंकहरुसँग लगभग ६ खर्ब ४० अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ ।बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गर्न नसकेको २ खर्ब ३७ अर्ब ८५ करोड रुपैयाँ नेपाल राष्ट्र बैंकमा जम्मा भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकहरुले चैत २५ गते सोमबारसम्म स्थायी निक्षेप सुविधा (एसडीएफ) तथा निक्षेप संकलन उपकरण मार्फत उक्त रकम राष्ट्र बैंकमा राखेका हुन् । स्थायी निक्षेप सुविधा (एसडीएफ) को ९६ अर्ब ४० करोड  तथा  निक्षेप संकलन उपकरणमा लगानी गरेको १ खर्ब ४१ अर्ब ४५ करोड परिपक्क हुन बाँकी छ ।

    बाह्य अर्थन्तत्र सुदृढ भएपनि आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग बढ्न सकेको छैन । जसले गर्दा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । रेमिट्यान्स आप्रवाहमा आएको निरन्तर सुधारले वित्तीय प्रणालीको निक्षेपमा सुधार भइरहेको छ । निक्षेप बढे बमोजिम कर्जा लगानी बढ्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या देखिएको रहेको छ । कर्जा लगानी हुन नसक्दा बैंकहरुले राष्ट्र बैंकले जारी गर्ने अल्पकालीन उपकरणमा लगानी बढाएका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend