images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने...

विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम मौका

विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम मौका

images
images
मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिने आज चैत २६ गते अन्तिम दिन रहेको छ।कम्पनीको एफपीओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम स्वः पुँजी संरचनामा सर्वसाधारणको ३० प्रतिशत हिस्सेदारी कायम गर्न एफपीओ जारी गरेको हो।

    images
    images

    लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको ५१ हजार २९२.५ कित्ता शेयर निष्कासन गर्नेछ। प्रत्येक कित्ताको अंकित मूल्य १०० रुपैयाँ रहेको छ। एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्तासम्म आवेदन दिन सकिनेछ।

    लघुवित्तको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू वा मेरो शेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

    images
    images

    हाल लघुवित्तको चुक्ता पुँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ रहेको छ। एफपीओ निष्कासनपश्चात् ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ पुग्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend