images

२०८३ आश्विन २८ गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दरः अधिकांश विदेशी मुद्रा बढ्यो

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दरः अधिकांश विदेशी मुद्रा बढ्यो

images
images
मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • काठमाडौंः नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

    images
    images

    आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनार सहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको छ। 

    विगत केही दिनदेखि घट्दै आएको विदेशी मुद्राहरुको विनियमदर आज बढेको हो। अरु मुद्राको तुलनामा आज बहराइन दिनारको विनियमदर धेरै बढेको छ।

    images
    images

    आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६४  पैसा छ। गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

    त्यसैगरि आज युरो १ को खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ६४ पैसा छ। हिजो युरो १ को खरिददर १४९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७५ पैसा थियो। 

    त्यस्तै आज पाउन्ड १ को खरिददर १७५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३९ पैसा छ। 

    त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८२ रुपैयाँ ९५ र बिक्रीदर ८३ रुपैयाँ ३१ पैसा छ।  त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४५ रुपैयाँ २१ पैसा र बिक्रीदर ४४७ रुपैयाँ १६ पैसा छ। 

    आज बहराइन दिनार १ को खरिददर ३६३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ०६ पैसा छ। 

    राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ । 

    राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend