images

२०८३ आश्विन २८ गते

images
images
images

प्रभु बैंकले गण्डकीका लघु, साना तथा मझौला उद्यम र उपभोक्तालाई लक्षित कार्यक्रम

प्रभु बैंकले गण्डकीका लघु, साना तथा मझौला उद्यम र उपभोक्तालाई लक्षित कार्यक्रम

images
images
आइतवार, चैत्र २४ २०८१
आइतवार, चैत्र २४ २०८१
  • पोखराः प्रभु बैंक लिमिटेडले गण्डकी प्रदेशका लघु, साना तथा मझौला उद्यम र उपभोक्तालाई लक्षित गरी एसएएमई एण्ड  कस्टुमर बैंकिङ हब गण्डकीको स्थापना गरेको छ । 

    images
    images

    यस केन्द्रको औपचारिक उद्घाटन प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

    राजु रानाले कार्यक्रममा आफ्नो धारणा राख्दै बैंकको नयाँ पहलले गण्डकी प्रदेशमा लक्षित ग्राहकलाई अझ सशक्त सेवा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । 

    images
    images

    राजु रानाले बैंकले प्रस्तुत गरेको यस्तो केन्द्रले उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुर्‍याउने र वित्तीय पहुँचमा सहजता ल्याउने कुरामा जोड दिएका छन ।

    एसएएमई एण्ड  कस्टुमर बैंकिङ हब गण्डकी मार्फत प्रदान गरिने प्रमुख सेवाहरूः 

    व्यवसाय तथा परियोजना ऋण  
    उपभोक्ता ऋण (घर, गाडी, शिक्षा, स्वास्थ्य)  
    वित्तीय परामर्श सेवा  
    द्रुत तथा प्रभावकारी कागजी प्रक्रिया । इच्छुक ग्राहकले बैंकको गण्डकी प्रदेश कार्यालय वा नजिकैको शाखा कार्यालयमा सम्पर्क गरी थप जानकारी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend