images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • आइडियल यमुना सहकारीका अध्यक्ष...

आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ

आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ

images
images
अर्थ समाचार
बिहिवार, आषाढ २० २०८१
अर्थ समाचार
बिहिवार, आषाढ २० २०८१
  • काठमाडाैं- राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती समेत रहेका सहकारी अभियन्ता केबी उप्रेती पक्राउ परेका छन् । उप्रेतीलाई काठमाडौंको बालाजुबाट सहकारीको बचत हिनामिना गरेको अभियोगमा महाराजगञ्ज प्रहरीले पक्राउ गरेको हो ।

    images
    images

    आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक उप्रेतीलाई सहकारी ठगीमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । राम्रोसँग चलिरहेको उनको सहकारी मर्ज भएपछि समस्या आएको थियो । उक्त सहकारीलाई गत महिना समस्याग्रस्त घोषणा गरिएको थियो ।

    सूर्य थापा सभापति रहेको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिलाई दिइएका २० वटा सहकारीको सूचीमा यो पनि रहेको छ । उक्त सहकारीले करिब २ अर्ब निक्षेप भुक्तानी गर्न नसकेपछि समस्याग्रस्त भएको हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend