images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • विन नेपाल लघुवित्तले आज देखि थप...

विन नेपाल लघुवित्तले आज देखि थप एफपीओ निष्कासन

विन नेपाल लघुवित्तले आज देखि थप एफपीओ निष्कासन

images
images
बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • काठमाडौंः विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज देखि थप एफपीओ निष्कासन गर्दैछ । लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२.५ कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न लागेको हो ।

    images
    images

    लघुवित्तले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम स्वःपुँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ निष्कासन गर्न लागको हो ।

    कम्पनीको एफपीओमा लगानीकर्ताले आगामी चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन् । यस अवधिभित्र माग अनुसार आवेदन नपरे २०८२ धप वैशाख ४ गतेसम्म आवेदन अवधि लम्बिनेछ । एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन । 

    images
    images

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।

    हाल लघुवित्तको चुक्ता पुँजी सात करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ छ । लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend