images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी...

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी बीच बैंककमा भेटवार्ता हुने

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी बीच बैंककमा भेटवार्ता हुने

images
images
बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दुई पक्षिय भेटवार्ता हुने भएको छ ।

    images
    images

    परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको द्विपक्षीय भेटवार्ता तय भएको बताएकी छिन । थाइल्याण्डको बैंककमा आगामी शुक्रवारबाट शुरु हुने बिमस्टेक शिखर सम्मेलनको दौरान द्विपक्षीय भेट हुन लागेको हो ।

    थाइल्याण्डको बैंककमा रहेका न्युज एजेन्सी नेपालका प्रतिनिधी सविन धमलासँग कुराकानी गर्दै परराष्ट्रमन्त्री राणाले द्विपक्षीय भेट हुन लागेको बताएकी छिन । नेपाल र भारतका सरकार प्रमुखबीचको भेटवार्ताको प्रतिक्षा दुवै देशले गर्दै आएका पनि छन्।

    images
    images

    प्रधानमन्त्री ओली प्रधानमन्त्री भएपछि भारतको औपचारिक भ्रमणमा जाने टुङ्गो नलागे पनि दुवै देशका प्रधानमन्त्री बीच थाइल्याण्डको बैंककमा द्विपक्षीय वाता हुन लागेको जानकारी दिँदै परराष्ट्रमन्त्री राणाले भेट सकारात्मक र फलदायी हुने विश्वास लिएको बताएकी छिन।

    उनले भने, ‘भारत हाम्रो लागि धेरै महत्वपूर्ण छिमेकी हो । भारतसँग हाम्रो परम्परागत र सांस्कृतिक हिसावले पनि धेरै नजिकको नाता सम्बन्ध छ । यस्ता मिटिङहरुमा द्धिपक्षीय भेटवार्ताहरु हुन्छन् नै । हाम्रो प्रधानमन्त्रीज्यूको श्रीलंकन प्रधानमन्त्रीसँग पनि भेटवार्ता हुँदैछ । त्यही दौरान भारतका प्रधानमन्त्रीसँग पनि भेटवार्ता हुनसक्छ । यो असाधारण कुरा होइन । स्वाभाविक जस्तो लाग्छ । यस्तो भेटले दुई देशको आपसि हित, सम्झौता र समझदारीलाई अगाडि बढाएर लैजान्छ। यी भेटहरुलाई हामीले एकदम सकारात्मक दृष्टिले हेरेका छौं ।’

    मन्त्री राणले नेपाल र थाइल्याण्ड सरकारबीच बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको क्षेत्रमा महत्वपूर्ण सम्झौताहरु भएको बताएकी छिन। उनले थाइल्याण्डको निजी क्षेत्रले समेत नेपालसँग मिलेर प्रविधिको क्षेत्रमा कामहरु गर्ने इच्छा जाहेर गरेको बताएकी छिन । उनले नेपालका र थाइल्याण्डका विभिन्न विश्वविद्यालयहरु बीच सम्झौतामा हस्ताक्षर भएको उल्लेख गर्दै सरकार त्यही अनुसारको कार्ययोजना बनाएर अघि बढ्ने बताएकी छिन ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend