काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले व्यतित भएका बीमालेखहरूको नवीकरण गर्दा विलम्ब शुल्कमा भारी छुट दिने घोषणा गरेको छ।कम्पनीका अनुसार, चैत १९ गतेदेखि वैशाख १७ गतेसम्म व्यतित भएका बीमालेखहरूलाई सुचारु गर्दा बीमालेखमा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गरिनेछ।
यस योजनाअन्तर्गत, तीन वर्षभन्दा कम व्यतित भएका बीमालेखमा २० प्रतिशत, तीन वर्षदेखि पाँच वर्षसम्म व्यतित भएका बीमालेखमा २५ प्रतिशत र पाँच वर्षभन्दा माथि व्यतित भएका बीमालेखमा ३० प्रतिशत छुट प्रदान गरिनेछ।
कम्पनीले यस छुटको प्रक्रिया साकार गर्नका लागि बीमितहरूको अनुरोधलाई ध्यानमा राखेको बताएको छ। अधिकतम बीमितहरूले व्यतित भएका बीमालेखमा विलम्ब शुल्क छुटको सुविधा प्राप्त गर्नका लागि कम्पनीसँग सम्पर्क गरेका थिए।




.gif)





