images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • दोर्दी खोला जलविद्युतको हकप्रद सेयर बिक्री...

दोर्दी खोला जलविद्युतको हकप्रद सेयर बिक्री खुला

दोर्दी खोला जलविद्युतको हकप्रद सेयर बिक्री खुला

images
images
मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • काठमाडौं । दोर्दी खोला जलविद्युत लिमिटेडले आज चैत १९ गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले चुक्ता पूँजीको एक बराबर एक अनुपातमा हकप्रद शेयर बिक्री गरेको हो।

    images
    images

    कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ बराबरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। यसअघि, कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ फागुन १५ गते बुकक्लोज गरिसकेको छ। तसर्थ, फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीको हकप्रद शेयरमा २०८२ वैशाख ८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडमार्फत आवेदन दिन सक्नेछन्। साथै, सानिमा बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सकिनेछ। 

    images
    images

    त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयहरू र ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सि९आस्वा सेवाको प्रयोग गरी आवेदन दिन सकिनेछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशनपछि यो पूँजी दोब्बर भएर २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ पुग्नेछ।हकप्रद शेयर निष्काशनबाट संकलित रकम कम्पनीले सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र महालक्ष्मी विकास बैंकमा आंशिक भुक्तानी गर्न प्रयोग गर्ने जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend