images

२०८३ आश्विन १६ गते

images
images
images

बेसार खेतीको आकर्षण बढ्दाे

बेसार खेतीको आकर्षण बढ्दाे

images
images
सोमवार, चैत्र १८ २०८१
सोमवार, चैत्र १८ २०८१
  • पशुपतिनगर(इलाम) । अन्य खेती बालिमा जङ्गली जनावरको हैरानी भोगेका रोङ गाउँपालिकाका किसानमा बेसार खेतीको मोह बढेको छ । तीन वर्षअघि मात्रै रोङ ३ मा रहेको इको चिया सहकारी संस्थाले आफ्ना सदस्यका लागि सुरुवात गरेको बेसार खेतीको उत्पादन आठ गुणाले वृद्धि भएर ब्राण्डिङ भई बजारमा आएपछि उक्त खेतीमा किसान उत्साहित भएका हुन् ।

    images
    images

    २०७९ सालमा ईको चिया सहकारी सस्थाले कपुरकोट १ जातको बेसारको बिउ प्रति किलोग्राम ८० रुपियाँका दरले आठ सय ४० किलोग्राम खरिदगरि २५ प्रतिसत अनुदानमा रोङ ३ र ४ को खमारे, मार्से, याङ्ग्रे, कोल्बुङ, पहरी गाउँ भालुझोडा लगायतका टोलमा बितरण गरेको थियो । उक्त बिउबाट गत वर्ष तीन हजार पाँच सय ८२ किलोग्राम बेसार उत्पादन भई सहकारीले प्रतिकिलो चालीस रुपियाँमा खरिद गरेको ईको चिया सहकारी सस्थाका ब्यवस्थापक गणेश अर्यालले बताउनुभयो ।

    यस वर्ष उत्पादनमा वृद्धि भई पाँच हजार आठ सय ४७ किलोग्राम सङ्कलन भएकोमा अहिले किसानसँग रहेको सात सय किलोग्राम बेसार सङ्कलन हुन लागेको संस्थाका व्यवस्थापक अर्यालले जानकारी दिनुभयो । जङ्गली जनावरले नास नगर्ने साथै उत्पादित बेसार सहकारीले सबै किनिदिने भएपछि त्यस क्षेत्रका किसानमा उत्साह जागेको पाइएको छ ।उत्पादित बेसारलाई रोङ गाउँपालिकाको सहयोगमा प्रसोधन, प्याकेजिङ र ब्राणडिङ गरी ‘रोङ बेसार’ नाममा बजारमा आइसकेको छ । गत वर्ष उत्पादित बेसार सबै प्रशोधन गरी बजारमा आएको छ । यस वर्ष पनि सबै बेसारको प्रशोधन गरी बजारमा ल्याउने तयारी भैरहेको गाउँपालिकाले जनाएको छ । 

    images
    images

    हरेकको भान्छामा दैनिक प्रयोगमा अनिवार्य हुने, थोरै लगाए पुग्ने दावी गरीएको रोङ बेसार रोङ गाउँपालिका कृषि विकास शाखाको निगरानीमा शुद्धता कायम गर्ने गरिएको छ । काचो बेसारलाई धोएर बोक्रा तासेर धुलो बनाएको हो । रोङ बेसारमा बेसारको बोक्रा हुँदैन । बजारमा आएको एक सय ७५ ग्रामको बट्टाको मूल्य एक सय ५० रुपियाँ मा बिक्री भइरहेको छ ।कुनै रोग र जंगली जनावरको भय नरहने, मनग्गे उत्पादन भएर सहकारीले नै खरिद गरिदिने भएपछि बेसार खेतीमा कृषकको उत्साह बढेको रोङ ४ मानावुङ्गका किसान बेस कुमारी राईले बताउनुभयो । उहाँले परीक्षणको लागि अलग्गै रोपेको एक किलो बेसारले चौध किलो उत्पादन दिएको छ । उहाले यस वर्ष चार सय पचपन्न किलो बेसार बिक्री गर्नुभयो। 

    हरेक वर्ष उत्पादको वृद्धि दर बढिरहँदा बजारीकरणमा आउन सक्ने समस्याको लागि रोङ गाउँपालिकाले सुरुकै वर्षदेखि सहकारीलाई अनुदान दिँदै दिर्घकालिन रुपमा बजार विस्तार गर्न लागिपरेको रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोले बताउनुभयो । गुणस्तरीय वस्तु उत्पादन गर्नसके बजारको समस्या नहुने तर बाह्य बजारको लागि उत्पादनको परिमाण कम हुने हुदा रोङका अन्य स्थानमा समेत बेसार खेती गरेर उत्पादन बढाउन लागु पर्ने अध्यक्ष स्याङ्वोको भनाइ छ ।गाउँपालिकाले पछिल्लो समय रोङ गुन्द्रुक, मह, सिस्नो, चिया, मह, कुचो आदिको ब्राण्डिङ गरी बजारीकरण गर्दै आएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend