images

२०८३ आश्विन १९ गते

images
images
images

तीन महिनापछि दाङमा हवाई सेवा पुनः सुरु हुदैं

तीन महिनापछि दाङमा हवाई सेवा पुनः सुरु हुदैं

images
images
आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • दाङ । गत तीन महिनादेखि बन्द रहेको दाङको हवाई सेवा पुनः सुरु हुने भएको छ ।

    images
    images

    सोमबारदेखि टरिगाऊँ विमानस्थलमा विमान आउने नेपाल एयरलाइन्सका स्टेसन इन्चार्ज बलबहादुर सुनारले जानकारी दिनुभयो । विमानको इन्जिनमा समस्या आएपछि गत पुस २ गतेदेखि हवाई सेवा बन्द भएको थियो । विमानमा नयाँ इन्जिन राखेर ल्याएपछि सेवा दिन थालिएको हो । विमान सेवाका लागि छिट्टै नै कार्य तालिका प्रकाशन हुने उहाँको भनाई छ । कार्य तालिका आएपछि उडान तालिकाबारे थाहा हुने उहाँले बताउनुभयो ।

     महिनामा साताको २ दिन विमान आउने र वैशाखदेखि यात्रुको सङ्ख्याअनुसार साताको चार दिनसम्म विमान सञ्चालनको तयारी भइरहेको एयरलाइन्सले जनाएको छ । यात्रुको सङ्ख्याको आधारमा जहाज आउने इन्चार्ज सुनारले बताउनुभयो ।तुलसीपुर उपमहानगरपालिका–१२ मा रहेको टरिगाऊँ विमानस्थल विसं २०११ मा बनेको थियो । विमानस्थलको स्तरोन्नतिका लागि लामो समयदेखि माग हुँदै आएको भए पनि हालसम्म माग सुनुवाइ हुन नसक्दा दाङमा हवाई सेवा नियमित हुन सकेको छैन ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend