images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • बिमा कम्पनीले जथाभावी खर्च गरेपछि निर्देशिका...

बिमा कम्पनीले जथाभावी खर्च गरेपछि निर्देशिका ल्याउँदै प्राधिकरण

बिमा कम्पनीले जथाभावी खर्च गरेपछि निर्देशिका ल्याउँदै प्राधिकरण

images
images
आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • काठमाडौं । बिमा कम्पनीहरुले कर्मचारीको क्षमता अभिवृद्धि शीर्षकमा छुट्याएको रकम अन्यत्र खर्च गरेपछि नेपाल बिमा प्राधिकरणले त्यसलाई रोक्न निर्देशिका ल्याउने भएको छ ।बिमा कम्पनीले जुन शीर्षकमा खर्च गर्न भनेर छुट्याएको हो त्यो रकम अन्यत्र खर्च गर्ने र सम्बन्धित शीर्षकमा खर्च नगरेपछि प्राधिकरणले निर्देशिका ल्याउन लागेको हो ।

    images
    images

    निर्देशिका जारी भएपछि बिमा कम्पनीले जथाभावी गर्ने खर्च न्यून हुने बिमा प्राधिकरणको बुझाइ छ ।अहिले पनि बिमा कम्पनीहरुले कर्मचारीको क्षमता अभिवृद्धिका लागि भन्दै नाफाको २ प्रतिशत रकम छुट्याउने गरेका छन् । तर, त्यो रकम कम्पनीका कर्मचारीको क्षमता अभिवृद्धिमा नभइ अन्यत्र खर्च हुने गरेको छ ।बिमा कम्पनीको यस्तो गुनासो बढ्दै गएपछि प्राधिकरणले त्यसलाई रोक्न र सम्बन्धीत शीर्षकमा खर्च गर्न निर्देशिका ल्याउने तयारी भएको प्राधिकरण स्रोतको भनाइ छ । निर्देशिका बनाउने काम भइरहेको छ ।

    बिमा कम्पनीका कर्मचारीले लामो समयदेखि कम्पनीहरुले शीर्षक अनुसार छुट्याएको रकम सम्बन्धित शीर्षकमा खर्च नगरेको गुनासो गर्दै आएका छन् । उनीहरुले प्राधिकरणले गर्दै आएको अनुगमन फितलो भएको भन्दै यसलाई प्रभावकारी बनाउन सुझाव दिएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend