images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • वात्सल्य र प्रमुख बैंकहरूबीच विशेष साझेदारी,...

वात्सल्य र प्रमुख बैंकहरूबीच विशेष साझेदारी, निःसन्तान दम्पतीलाई विशेष छुट

वात्सल्य र प्रमुख बैंकहरूबीच विशेष साझेदारी, निःसन्तान दम्पतीलाई विशेष छुट

images
images
आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • काठमाडौं । निःसन्तान समस्या समाधानमा अग्रणी मानिएको आईभीएफ सेन्टर वात्सल्यले नेपालका प्रमुख बैंकहरूसँग विशेष साझेदारी गरेको छ।सेवा अझ सहज र पहुँचयुक्त बनाउन नेपालका प्रमुख बैंकहरूसँग सहकार्य गर्दै निःसन्तान दम्पतीका लागि विशेष छुट योजना सुरु गरेको वात्सल्यले जनाएको छ।

    images
    images

    यस नयाँ पहल अन्तर्गत वात्सल्यले नेपाल बैंक लिमिटेड, स्ट्यान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, गरिमा विकास बैंक, सानिमा बैंक, सिटिजन्स बैंक र ग्लोबल आईएमई बैंकसँग साझेदारी गरेको हो।

    यस सहकार्य मार्फत सम्बन्धित बैंकका कर्मचारी र ग्राहकले विशेष छुट तथा अन्य सुविधा प्राप्त गर्नेछन्। यस योजना अन्तर्गत आईभीएफ उपचार, प्याथोलोजी परीक्षण र औषधिमा विशेष छुट प्राप्त गर्न सकिने छ।बैंकहरूसँगको सहकार्यले आर्थिक रूपमा उपचार सरल बनाउनुका साथै अभिभावक बन्ने चाहना भएका दम्पतीलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

    images
    images

    थप जानकारीका लागि ०१५९७०६११ मा सम्पर्क गरेर वा आफ्नो नजिकको वात्सल्य क्लिनिकमा गई बुझ्न सकिने वात्सल्यले जनाएको छ।वात्सल्यको सेवा सुविधा नेपालका विभिन्न सहर काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, भरतपुर, बुटवल, नेपालगञ्ज र विराटनगरमा रहेका वात्सल्य क्लिनिक मार्फत लिन सकिने जनाइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend