images

२०८३ आश्विन १९ गते

images
images
images

रामेछापबाट लुक्ला उडेको समिटको विमानमा प्राविधिक समस्या आएपछि फर्कियो रामेछाप

रामेछापबाट लुक्ला उडेको समिटको विमानमा प्राविधिक समस्या आएपछि फर्कियो रामेछाप

images
images
शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • काठमाडौं । रामेछापबाट लुक्लाका लागि उडेको समिट एयरको जहाजमा प्राविधिक समस्या आएपछि पुनः रामेछाप नै अवतरण गरेको छ ।समिट एयरको जहाज आज शुक्रबार बिहान ८ः४५ बजे उडेको केही बेरमै इन्डिकेटरमा समस्या देखिएपछि रामेछाप नै फिर्ता भएको छ ।

    images
    images

    ‘यो सामान्य प्राविधिक समस्या हो,’ त्रिभुवन विमानस्थलका एक अधिकारीले  भने, ‘जहाज रामेछापमै अवतरण गरी पार्किङ बेमा पुगेको छ । अब प्राविधिक जाँचपछि मात्र जहाज उडाउन मिल्ने वा नमिल्ने भन्ने थाहा हुन्छ ।’

    समिट एयरको १८ सिट क्षमतायुक्त ‘एलईटी४१०’ सिरिजको यो जहाज अहिले रामेछाप मन्थली विमानस्थलमा छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend