images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • बजारमा कुरिलोको मूल्य घट्यो, यस्ता छन्...

बजारमा कुरिलोको मूल्य घट्यो, यस्ता छन् कुरिलो खानुको फाइदा

बजारमा कुरिलोको मूल्य घट्यो, यस्ता छन् कुरिलो खानुको फाइदा

images
images
बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • काठमाडौं । बजारमा कुरिलोको मूल्य घटेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।कालीमाटीको तथ्यांक अुनसार कुरिलो प्रतिकिलो थोक मूल्य न्यूनतम चार सयदेखि अधिकतम ६ सय रूपैयाँमा कारोबार भइरहको छ।

    images
    images

    बुधबारको तुलनामा बिहीबार प्रतिकिलो ५० देखि एक सय ५० रूपैयाँ सस्तो हो। बुधबार प्रतिकिलो चार सय ५० देखि सात सय रूपैयाँमा कारोबार भइरहेको थियो।

    आपूर्तिका आधारमा कुरिलोको भाउ घटबढ हुन्छ। बजारमा धेरै कुरिलो आएको छ भने मूल्य घट्छ भने थोरै आएको छ भने मूल्य बढ्छ।

    images
    images

    कुरिलो व्यवसायीहरूका अनुसार कुरिलो गुणस्तरका आधारमा मूल्य निर्धारण गरिएको छ। अहिले कुरिलोको अफ सिजन हो। बर्खा लागेसँगै कुरिलो सस्तो हुँदै जानेछ।

    कुरिलो एक प्रकारको औषधिजन्य वनस्पति हो। आकारका आधारमा यो सानो र ठूलो गरी दुई प्रकारका हुन्छन्।विशेषगरी यसको टुसाको सुप बनाएर खाने गरिन्छ।  कुरिलो खानाले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त, दुर्बलता हटाउन तथा महिनावारी गडबडीको समस्या समाधानका लागि उपयोगी हुन्छ।

    कुरिलोलाई तरकारी बनाएर तथा सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ। कुरिलोमा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन तत्व पाइन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend