images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • लिट्मस इन्डस्ट्रिज लिमिटेडद्वारा नेपालको पहिलो एल्युमिनियम...

लिट्मस इन्डस्ट्रिज लिमिटेडद्वारा नेपालको पहिलो एल्युमिनियम रड उत्पादन उद्योगको सुरुवात

लिट्मस इन्डस्ट्रिज लिमिटेडद्वारा नेपालको पहिलो एल्युमिनियम रड उत्पादन उद्योगको सुरुवात

images
images
बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  •  काठमाडौं । लिट्मस इन्डस्ट्रिज लिमिटेडले “लिट्मस २.०” अन्तर्गत एक ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपालको पहिलो एल्युमिनियम रड उत्पादन उद्योगको औपचारिक सुरुवात गरेको छ । नवलपरासीको रामग्रामहकुईमा अवस्थित यस अत्याधुनिक उद्योगले नेपाली  बजारमा हुने एल्युमिनियम आयात प्रतिस्थापन तथा न्यूनीकरण गर्दै त्यसको उत्पादनमा हाम्रो आत्मनिर्भरतालाई समुन्नत बनाउँदै लेजाने विश्वास गरिएको छ ।

    images
    images

    यस महत्वपूर्ण उपलब्धिलाई स्मरणीय बनाउन चैत्र १३ गतेfurnance flaming caremony को आयोजना गरिएको थियो । समारोहलाई प्रमुख अतिथि, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, श्री कृष्ण बहादुर राउतले उद्घाटन गर्नुभएको थियो ।

    हाल नेपालमा तार, केबल र कन्डक्टर निर्माणमा प्रयोग हुने एल्युमिनियम रड आयातमार्फत पूर्ति हुँदै आएको छ । यस प्लान्टको सञ्चालनले एल्युमिनियम रडको आयात परनिर्भरतालाई उल्लेख्य रुपमा घटाउनुका साथै देशभित्रै उच्च गुणस्तरको एल्युमिनियम रडको नियमित आपूर्ति प्रत्याभूत गर्नेछ । एल्युमिनियम रडको स्वदेशमै उत्पादन गरेर, लिट्मस इन्डस्ट्रिजले नेपालले व्यहोरी रहेको व्यापार घाटा केही मात्रा भएपनि न्यूनीकरण गर्ने उद्देश्यका साथै सरकारी राजस्व बचतबाट राष्ट्रिय अर्थतन्त्रमा हुने हितलाई पनि ध्यानमा राखेको छ ।

    images
    images

    आर्थिक पक्षसँगै, यस परियोजनाले उत्पादन, ढुवानी र बिक्रीलगायतका क्षेत्रमा सयौं प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ । लिट्मसले प्राविधिक ज्ञान अभिवृद्धि गर्ने तालिम तथा दक्षजनशक्ति विकास कार्यक्रम पनि अघि सारेको छ, जसले दीर्घकालीन औद्योगिक विकासमा टेवा पु¥याउनेछ ।नेपालको पहिलो एल्युमिनियम रड उत्पादन कम्पनीको सुरुवात हुनु लिटेमस इन्डस्ट्रिज लिमिटेडको लागि मात्रै नभई देशको समग्र उत्पादन क्षेत्रकै लागि एउटा ठूलो कोशेढुङ्गा र रणनैतिक फड्को हो ।   

    यस परियोजनाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै देशमा आन्तरिक र बाह्य लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ । कच्चापदार्थमा स्थानीय रूपमा मूल्य संवद्र्धन गर्दै जाने यो दृष्टिकोण सरकारले लिएको आत्मनिर्भर औद्योगिक विकासको मार्ग चित्रसँग पूर्णतः मेल खान्छ । 

    लिट्मस इन्डस्ट्रिज लिमिटेडको बारेमा
    लिट्मस इन्डस्ट्रिज लिमिटेड नेपालकै अग्रणी तार, केबल र कन्डक्टर निर्माता कम्पनी हो, जसले सुरक्षा, नवीनता र भरपर्दो पनमा निरन्तर उच्च मापदण्ड कायम गर्दै आएको छ । देशको पूर्वाधार विकासमा योगदान पु¥याउँदै, लिट्मसले अन्तर्राष्ट्रिय स्तरका विद्युत समाधानहरू प्रदान गर्दै समुदाय र उद्योगमा विश्वास र प्रगति फैलाउँदै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend