काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ५ निर्माण सामग्री बिक्रेता कम्पनीलाई निर्माण सामग्री बिक्री वितरणमा रोक लगाएको छ । मङ्गलवार अनुगमनमा गएको विभागको टोलीले एमआरपी मूल्य उल्लेख नगरी बिक्री वितरण गरेको पाएपछि बिक्री वितरणमा रोक लगाइ कारबाही गरिएको जनाइएको छ ।
विभागका अनुसार काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरस्थित ५ निर्माण सामग्री बिक्रेता कम्पनीले सिमेन्ट र फलामे छडको एमआरपी नराखी बिक्री गरेको पाइएको थियो । कारबाहीमा पर्नेमा कोटेश्वरको कोटेश्वर डण्डी ट्रेडर्स, पञ्चकन्या हार्डवेयर, भवानी माँ हार्डवेयर प्रालि, वित्ती हार्डवेयर प्रालि र राजेश हार्डवेयर प्रालि रहेका छन् । साथै उक्त कम्पनीहरूलाई कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।




.gif)



